२७ जेठ २०८३, बुधबार

युगाण्डाबाट नेपाल बोलाएर वेश्यावृत्तिमा लगाउने पक्राउ

फागुन १८, २०७९
युगाण्डाबाट नेपाल बोलाएर वेश्यावृत्तिमा लगाउने पक्राउ

अफ्रिकी महिलालाई ठमेलमा वेश्यावृत्तिमा लगाउने १ जना विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन ब्यूरोले युगाण्डाबाट काम लगाइदिने बहानामा नेपाल बोलाएर ठमेलको होटलमा राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा युगाण्डाको मासाका घर भएकी २५ वर्षीया नतासा उर्फ इमाचूलेट नाबासुम्बालाई पक्राउ गरेको छ ।

ब्यूरोका प्रवक्ता कृष्ण पंगेनीका अनुसार नतासाले २६ वर्षीया पीडितलाई नेपालमा क्लीनर, वेट्रसको जागिर लगाउने भन्दै सन् २०२३ जनवरी २८ का दिन नेपाल ल्याएर प्रतिव्यक्ति ४ हजारदेखि ५ हजारसम्म लिएर वेश्यावृत्तिमा लगाएको देखिएको छ । 

ब्यूरोका अनुसार उनलाई प्रतिमहिना ५०० डलर तलब हुने भन्दै नेपाल बोलाइएको  थियो । नतासा पर्यटन भिसामा सन् २०२२ डिसेम्बर ८ बाट नेपाल बस्दै आएको खुलेको छ । प्रहरीको अनुसन्धानमा नतासाले युगाण्डका युवतीहरूलाई रोजगारीको बहानामा नेपाल ल्याएर यौन व्यवसायमा लगाउने गरेको खुलेको एसपी पंगेनीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्