०६ साउन २०८३, बुधबार

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिह्न प्रदान

फागुन १८, २०७९
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिह्न प्रदान

प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका सुरेशकुमार श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

दक्षिण सुडानको जुवामा मेडल परेड कार्यक्रममा सहभागी भएका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सोही ठाउँमा संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरको रूपमा कार्यरत रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्