२४ जेठ २०८३, आइतबार

पशुपति शर्माले ल्याए ‘कैले कमाउनी ?’

फागुन १८, २०७९
पशुपति शर्माले ल्याए ‘कैले कमाउनी ?’

लोकगायक पशुपति शर्माले ‘कैले कमाउनी ?’ बोलको गीत सार्वजनिक गरेका छन् ।

बिहीवार सार्वजनिक गीतमा गायक शर्मासँगै कमला ओली र तिलक ओलीले स्वर दिएका छन् । 

तिलक ओलीको शब्द एवं संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।

गायक शर्माले गीतको भिडियोमा अभिनय समेत गरेका छन् ।

कमला ओली, विरेन्द्र ओली, पूर्णिमा जिएम, प्रशान्त परियार लगायतको समेत भिडियोमा अभिनय छ । 

विरेन्द्र ओलीको निर्देशन, सरद एलजीको कोरियोग्राफी, प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।

भिडियो पशुपति शर्माको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्