×

NMB BANK
NIC ASIA

मन्त्री बन्ने होड

मन्त्री बन्न कांग्रेसमा मारामार: अन्तिम मौका भन्दै पुरानाको दौडधूप, ५० भन्दा बढी 'रेस'मा

फागुन १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्ता समीकरण दुई महिनामा भत्काएर हौसिएको नेपाली कांग्रेसमा मन्त्री बन्नका लागि नेताहरूबीच मारामार देखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

मुखैमा आएको सत्ता फुत्किएपछि निक्कै जोडबल गरेर कांग्रेसले फेरि सत्ता सहयात्रा तय गरेपछि मन्त्रीका लागि सबै शीर्ष नेता र सांसदहरूबीच मारामार देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति निर्वाचनमा आफूविरुद्ध मोर्चा बनेपछि प्रचण्ड नेतृत्वको सरकारबाट पहिलो ठूलो दल एमाले बाहिरिएपछि कांग्रेसमा सत्तामा जान तँछाडमछाड देखिएको हो । यसरी मन्त्रीका लागि दाबेदारी पेश गर्नेमा पुराना र प्रभावशाली नेताहरू नै बढी छन् ।


Advertisment
Nabil box
Kumari

कांग्रेसले बढीमा ८ वा ९ मन्त्रालय पाउने देखिएको छ । तर मन्त्रीका लागि कम्तीमा ५० सांसदले लबिङ गरिरहेका छन् । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनपछि बल्ल सरकारमा मन्त्री चयनको विषयलाई अघि बढाउने तयारीमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् । 

Vianet communication
Laxmi Bank

तर पटक–पटक मन्त्री भइसकेका नेताहरूले पनि सांसदका रूपमा अन्तिम अवसर रहेको भन्दै पुरानै मन्त्रीका लागि दाबी गरिरहेका हुन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले जो–जो दाबेदार भए पनि अहिले मन्त्री चयनमा सभापतिको प्राथमिकता नरहेको जानकारी दिए । 

‘नेता भएपछि मन्त्रीमा आकांक्षा हुनु स्वाभाविक होला, तर सभापतिले अहिले सबै जोड राष्ट्रपतिको चुनावमा लगाउनुभएको छ,’ भानुले लोकान्तरसँग भने, ‘राष्ट्रपतिको निर्वाचनपछि बल्ल सरकारमा सहभागी हुने र मन्त्रीको टुंगो लगाउने विषय अघि बढ्ला ।’

प्रभावशाली नै यसपटक दाबेदार 

कांग्रेसमा यसपटक पदाधिकारी र पार्टीका प्रभावशाली नेताहरूले मन्त्रीका लागि तीव्र आकांक्षा राखेका छन् । पदाधिकारीमध्ये उपसभापति पूर्णबहादुर खड्काले यसपटक दुई महिनामा नै नयाँ सत्ता गठबन्धन बनाउन उल्लेख्य भूमिका खेलेका छन् । यसैले उनले चाहँदा कांग्रेसले पाउने मन्त्रालयमा रोजेर मन्त्री बन्न सक्ने बताइन्छ । तर, उनी आफैंले मन्त्रीका लागि आफ्नो आकांक्षा नरहेको बताएका छन् । 

अर्का उपसभापति धनराज गुरुङले यसपटक प्रत्यक्ष चुनाव जितेकाले मन्त्रीका लागि दाबेदारी दिएको बताइन्छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मन्त्रीमा दाबेदारी पेश गरेका छैनन् । तर पार्टीले आवश्यक ठानेमा मन्त्री बन्ने उनीहरूको आशय छ । काम देखाउन सकिने प्रभावशाली मन्त्रालय पाए दुवैजना तयार हुने कांग्रेस स्रोत बताउँछ । यद्यपि प्रचण्ड नेतृत्वमा गठबन्धन बन्नु अघिदेखि नै यी दुवैले मन्त्री नबन्ने बताएका थिए । 

डा. शेखर कोइराला फेरि संगठनकै काममा देश दौडाहा छन् । उनले अहिलेसम्म खुलेर कुनै मन्त्रालयमा दाबेदारी पेश गरेका छैनन् । तर अर्थ वा परराष्ट्र मन्त्रालय पाउने अवस्था सिर्जना भएमा भने उनी पनि इच्छुक रहन सक्ने उनीनिकट स्रोत बताउँछ । यसअघि परराष्ट्र मन्त्री बन्न खोजे पनि पार्टीले उनलाई अवसर दिएको थिएन । 

‘उहाँका लागि संगठन नै मुख्य कुरा हो । मन्त्री बन्नेतिरको विषय नै प्रवेश भएको छैन,’ शेखरनिकट स्रोत भन्छ, ‘उहाँलाई सरकारमा जानुपर्छ, मन्त्री बन्नुपर्छ भनेर प्रस्ताव आए एउटा टुंगोमा पुग्नुहोला ।’ 

डा. शशांक कोइरालाले यसपटक परराष्ट्र वा स्वास्थ्य मन्त्रालयमा इच्छा देखाएका छन् । ‘उहाँ चुनाव जित्दै आए पनि यसपटक परराष्ट्र वा स्वास्थ्य मन्त्रालयमा जान इच्छुक हुनुहुन्छ,’ उनीनिकट स्रोत भन्छ, ‘उहाँले सभापतिसँग परामर्श गरिरहनुभएको छ ।’

पुरानाहरूले अन्तिम अवसर भन्दै दाबी गरे पनि मन्त्री नै मन्त्रीका लागि योग्यता नभएको सांसद रामहरि खतिवडा बताउँछन् । 

‘यसपटक अन्तिम अवसर भन्दै पुराना नेताहरू नै दौडधूपमा छन् । मन्त्रीका लागि मन्त्री बन्नुमात्रै योग्यता होइन । उनीहरूले के राम्रो काम गरे र आज फेरि मन्त्रीका लागि दाबेदारी दिँदैछन् ?,’ खतिवडा भन्छन्, ‘यसअघि पटक–पटक मन्त्री बन्दा कार्यसम्पादन राम्रो नहुनेले फेरि पनि मन्त्रीका लागि दाबेदारी गर्नै मिल्दैन/पाइँदैन । मुलुक आर्थिक संकटमा धकेलिएको अवस्था छ । यस्तो बेला अर्थतन्त्र बचाउने नवीन ऊर्जाको नयाँ नेतालाई कांग्रेसले मन्त्रीमा अवसर दिनुपर्छ ।’ 

एमालेले पनि मन्त्रीमा पुरानालाई भन्दा नयाँलाई अवसर दिएको भन्दै कांग्रेसप्रति युवा पुस्तालाई आकर्षित गर्न नयाँलाई मन्त्रीमा अवसर दिनुपर्ने खतिवडाको तर्क छ ।

‘०४८ सालमा नयाँ अनुहारकै रूपमा शेरबहादुर दाइ गृहमन्त्री हुनुभएको थियो,’ खतिवडा भन्छन्, ‘यसैले यतिपटक मन्त्री भएको छ र फेरि यसैलाई अवसर दिनुपर्छ भनेर लाग्न हुँदैन । मैले सभापतिलाई नै यसपटक नयाँलाई मन्त्रीमा अवसर दिन माग गरिसकेको छु ।’ 

त्यस्तै, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी र एनपी साउद मन्त्रीका लागि इच्छुक छन् । निधि र सिंहलाई भन्दा देउवाले महत र साउदलाई मन्त्रीको प्राथमिकतामा राखेको बताइन्छ । 

निधि, सिंह, महत, केसी र साउदले पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा जाने इच्छा देखाएका छन् । अर्कोपटकदेखि चुनाव उठ्ने र सांसद हुने अवस्था कम रहेकाले पनि यी नेताले मन्त्रीका लागि धेरै नै दबाब दिएको स्रोतको दाबी छ ।

धेरैको आँखा अर्थमा

माओवादीले गृह मन्त्रालय लिए अर्थ मन्त्रालय यसपटक कांग्रेसको भागमा पर्ने देखिएको छ । तर, अर्थका लागि कांग्रेसमा गगन थापा, डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, उदयशमशेर राणा, ज्ञानेन्द्रबहादुर कार्की र विनोद चौधरीसम्मको दाबेदारी रहेको बताइन्छ । 

तर पछिल्लो गठबन्धन बनाउन प्रभावकारी भूमिका खेलेका कांग्रेस महामन्त्री थापाले अर्थतन्त्रलाई संकटबाट माथि उठाउन पनि अर्थमा आफ्नो दाबेदारी रहने बताउने गरेका छन् । थापाले अघिल्लोपटक प्रचण्डको सरकारमा स्वास्थ्य मन्त्री बनेर सकारात्मक कामको शुरूआत गरेका थिए । 

‘प्रधानमन्त्री प्रचण्डले पनि सरकारको सफलताका लागि कांग्रेसबाट प्रभावकारी कार्यसम्पादन गर्नसक्ने नेतालाई मन्त्रीमा पठाइदिए हुन्थ्यो भन्ने ठान्नुभएको छ,’ कांग्रेस स्रोत भन्छ, ‘प्रचण्डले खुलेरै गगन आइदिए हुन्थ्यो भन्नेसम्मको सन्देश कांग्रेस सभापतिलाई पठाएको बुझेका छौं ।’ 

थापाले पनि पनि यसपटक अर्थमन्त्रालयको नेतृत्व पाए मन्त्री बन्ने आकांक्षा राखेका छन् । तर पार्टीको तर्फबाट उपप्रधानमन्त्री बनेर एउटा सिनियर नेता मन्त्री हुँदा धेरै प्रभावशाली दाबेदारहरू वरीयताको विषयले मन्त्रीको दौडबाट बाहिरिने देखिन्छ । 

युवा नेताहरू मन्त्रीका लागि दाबेदार 

पहिलोपटक चुनाव जितेका प्रदीप पौडेल, जीवन परियार, बद्रि पाण्डे, दीपक खड्का, रामहरि खतिवडा, दुर्लभ थापा, शंकर भण्डारी र सरिता प्रसाईंले पनि मन्त्रीका लागि इच्छा गरेको बताइन्छ । यी नेतामा भण्डारी र खड्काबाहेक अरू नेता अहिलेसम्म मन्त्री भएका छैनन् ।

कुन प्रदेशबाट को छन् दाबेदार ? 

कोसी प्रदेश

डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा, डा. नारायण खड्का, ज्ञानेन्द्र कार्की, दीपक खड्का, सीता गुरुङ, रामहरि खतिवडा, सरिता प्रसाईं, डा. सुनिल शर्मा र डिकबहादुर लिम्बू ।

मधेश प्रदेश

विमलेन्द्र निधि, अजयकुमार चौरसिया, रमेश रिजाल, मञ्जु खाँण, तेजुलाल चौधरी, रामकृष्ण यादव, मुक्ता यादव ।

बाग्मती प्रदेश 

डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, गगन थापा, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा, उदय राणा, मोहनबहादुर बस्नेत र श्याम घिमिरे ।

गण्डकी प्रदेश

धनराज गुरुङ, डा. शशांक कोइराला, शंकर भण्डारी, जीवन परियार र राजेन्द्र बजगाईं । 

लुम्बिनी प्रदेश

किशोरसिंह राठोर, सञ्जय गौतम, विनोद चौधरी र दीपक गिरी ।

कर्णाली प्रदेश

पूर्णबहादुर खड्का र हृदयराम थानी । 

सुदूरपश्चिम प्रदेश

बद्रि पाण्डे, एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर, ईश्वरी न्यौपाने र दीलेन्द्रप्रसाद बडू ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x