३१ जेठ २०८३, आइतबार

सिरियामा सन् २०२३ मै ल्यान्डमाइन विस्फोटमा ५५ जनाको मृत्यु

फागुन १८, २०७९
सिरियामा सन् २०२३ मै ल्यान्डमाइन विस्फोटमा ५५ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

सिरियामा सन् २०२३ को शुरूदेखि हालसम्म ल्यान्डमाइन विस्फोटमा परी ५५ जनाको मृत्यु भएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार मर्नेहरूमा २ महिला र १८ बालबालिकाहरू पनि छन् ।

घटनाहरू विद्रोही नियन्त्रित क्षेत्र र बारुदी सुरङ्गको  पत्ता नलागेका क्षेत्रहरूमा बढी पाइएको छ । 

त्यस्तै हामाको मध्य प्रान्तको सलामीएह क्षेत्रमा बिहीवार ५ जना मारिएका छन् । 

साथै सोही अवधिमा बारुदी सुरङ्ग विस्फोटबाट २८ बालबालिका र ४ महिलासहित ११८ जना घाइते भएको बेलाइतमा रहेको वाचडग समूहले जनाएको छ । देशको आधिकारिक समाचार एजेन्सी सानाले जनाएअनुसार पाँचजना पीडितहरू ट्रफल (एक प्रकारको (च्याउजस्तै) कन्दमूल) संकलनकर्ता रहेका र इस्लामिक स्टेट (आईएस) आतंककारीहरूले छोडेको बारुदी सुरङ्ग विस्फोटमा परेका थिए ।

बारुदी सुरङ्गमा मारिएका धेरैजसो किसानहरू वा मरुभूमि क्षेत्रमा ट्रफल संकलन गर्ने कामदारहरू रहेका बताइएको छ । 

यसअघि फेब्रुअरीमा आईएसले पूर्वी सिरियाको मरुभूमि क्षेत्रमा ६४ जना ट्रफल संकलनकर्ताहरूलाई मारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्