०६ असार २०८३, शनिबार

लामाबगर नाका खोल्न सार्थक पहल आवश्यक छ : राष्ट्रपति भण्डारी

फागुन १८, २०७९
लामाबगर नाका खोल्न सार्थक पहल आवश्यक छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखा जिल्लासँग जोडिएको उत्तर–दक्षिण जोड्ने परम्परागत लामाबगर नाका खोल्नका लागि सार्थक पहलको आवश्यकता रहेको बताएकी छन् ।

ग्रामीण विकास टुकी संघद्वारा बिहीवार दोलखामा आयोजित प्रदर्शनी कार्यक्रममा राष्ट्रपति भण्डारीले नाका खोल्न सकेमा दोलखा हुँदै चीन र भारतसँग छोटो दूरीमा त्रिदेशीय यातायात सिधा सम्पर्क हुने र यसबाट समग्र नेपालकै विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

‘प्राचीनकालदेखि नै दोलखा जलस्रोतमा धनी छ । स्वदेशी पूँजीमा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र अन्य विद्युत् आयोजनाहरूमार्फत यो जिल्लाले देशको विद्युत् उत्पादनमा उल्लेख्य योगदान पुर्‍याएको छ । तामाकोसी तेस्रो जलविद्युत् आयोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन पहल गर्नु जुरुरी छ,’ राष्ट्रपति भण्डारीले भनिन् ।

उनले भनिन्, ‘जैविक विविधताले भरिपूर्ण हिमाल, पहाड र बेंसीहरूको धनी दोलखा जिल्ला पर्यटकीय महत्त्वको जिल्ला पनि हो । हिमचितुवा र रेडपाण्डाजस्ता लोपोन्मुख जंगली जनावरको बासस्थान रहेको यहाँका वनजंगल र जडीबुटी समुदायको जीविकोपार्जनका स्रोत पनि हुन् । यसका साथै प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय स्थलहरू, विविध जातजाति र समुदायका सांस्कृतिक सम्पदा, प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थलहरू पर्यटन क्षेत्रका दरिलो आधार हुन् ।’

salt training

कमेन्ट गर्नुहोस्