३१ जेठ २०८३, आइतबार

यु–१९ विश्वकपका लागि छनोट भएकामा प्रधानमन्त्रीद्वारा नेपाली टिमलाई बधाई

फागुन १८, २०७९
यु–१९ विश्वकपका लागि छनोट भएकामा प्रधानमन्त्रीद्वारा नेपाली टिमलाई बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पु¥याएको योगदानको उच्च प्रशंसासमेत गरेका छन् ।

“श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।” उनले भनेका छन् । 

१९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रनमा समेटिएपछि नेपालले महत्वपूर्ण जित निकालेको हो । 

दीपेश कँडेलले ४७.३ ओभरपछिका लगातार तीन बलमा ३ विकेट लिएर ह्याट्रिक पूरा गरेपछि नेपालले महत्वपूर्ण जित दर्ता गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्