०९ असार २०८३, मंगलबार

‘छक्का पञ्जा–४’ शतप्रतिशत राजनीतिक सिनेमा हो : दीपकराज गिरी

फागुन १९, २०७९
‘छक्का पञ्जा–४’ शतप्रतिशत राजनीतिक सिनेमा हो : दीपकराज गिरी

आजबाट प्रदर्शनमा आएको नेपाली सिनेमा ‘छक्का पञ्जा–४’ राजनीतिलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको निर्माता एवं अभिनेता दीपकराज गिरीले प्रष्ट पारेका छन् ।

‘यो सिनेमा शतप्रतिशत पोलिटिकल ड्रामा हो’ उनी भन्छन् । 

आफूहरूको सिनेमा हेर्न गाउँगाउँबाट समेत हरेक उमेर समूहका दर्शकहरु आउने गरेको बताउँदै दीपकराजले अगाडि भने, –‘उहाँहरुलाई कन्फ्युजन हुनसक्छ यो सिनेमा हामी बुझ्दैनौँ कि भन्ने । यो प्रष्ट पार्न चाहन्छु हामीले सबैले बुझ्ने खालको सिनेमा बनाएका छौँ ।’

दीपकराज र दीपाश्री निरौलाले सिनेमाको प्रचार प्रसारमा फरक खालको शैली अपनाउँदै आएका छन् । 

‘छक्का पञ्जा ४’ले पनि सिनेमाको टिजर, पोष्टर, गीत र ट्रेलर कुनै औपचारिक कार्यक्रमबीना नै सार्वजनिक गरिएको थियो । न त सिनेमाका कलाकारहरू मोफसल यात्रामा निस्किए । 

दीपकराज गिरी फरक खालको प्रचार शैली अपनाउनु अबको आवश्यकता रहेको बताउँछन् । प्रायः सिनेमाले उही तरिका अपनाएकाले त्यसको प्रभावकारिता कति भन्नेमा सोच्नुपर्ने अवस्था आएको उनको धारणा छ ।

अहिलेको समयमा डिजिटल प्रचारप्रसारमा ध्यान दिनुपर्ने आवश्यकता औल्याउँदै दीपकराज आफूहरूले सोहीअनुसार प्रचारप्रसार गरेको बताउँछन् ।

हातहातमा पुग्ने सोसल मिडियामार्फत प्रचारप्रसार गर्नु आफूहरूको टिमको निष्कर्ष रहेको र आफूहरूले सोहीअनुसार प्रचारप्रसार गरेको उनले प्रष्टयाए । ‘सोही कारण अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा फोकस भएर प्रचारप्रसार गर्यौ’ – दीपकराज भन्छन् । 

‘छक्का पञ्जा’ दर्शकको मन जितेको सिनेमा भएका कारण पनि प्रचारप्रसारमा धेरै समय नदिएको उनको भनाई छ । हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य, बेदना राई, सुष्मा निरौला, नीर शाह लगायतको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्