१४ असार २०८३, आइतबार

पल शाहलाई सफाइ दिएको भन्दै पोखरामा अदालतअगाडि प्रदर्शन

फागुन १९, २०७९
पल शाहलाई सफाइ दिएको भन्दै पोखरामा अदालतअगाडि प्रदर्शन

अभिनेता पल शाहलाई सफाइ दिएको भन्दै उच्च अदालत पोखराअगाडि प्रदर्शन भएको छ। 

न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले शुक्रबार उच्च अदालत पोखरामा केही समय शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । 

विरोध प्रदर्शनमा सहभागीले ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन’, ‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने ?’ ‘पोलेर बोलेको’, ‘बलात्कारलाई प्रवर्द्धन गर्ने संस्कार बन्द गरौं’, जस्ता प्लेकार्ड बोकेका थिए। ​

बाल यौन दुरुपयोगको मुद्दामा शाहले सोमबार सफाइ पाएका थिए। उनीविरुद्ध दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराले सफाइ दिएको हो। 

salt training

कमेन्ट गर्नुहोस्