२३ असार २०८३, मंगलबार

ओलीको आरोप - प्रचण्डले देशलाई विदेशीहरूको खेलमैदान बनाउन लागिपरे

फागुन २०, २०७९
ओलीको आरोप - प्रचण्डले देशलाई विदेशीहरूको खेलमैदान बनाउन लागिपरे

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको जिकिर थियो ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबीसमेत गरे।

अध्यक्ष ओलीले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए।

भारतलाई खुशी पार्न प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट आउने तरकारीहरूको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्तिसमेत जनाए।

नेपालीहरू मारेर भए पनि विदेशीहरूलाई खुशी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाइ थियो ।

उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

salt training

कमेन्ट गर्नुहोस्