
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवितामार्फत भावना व्यक्त गरेका छन्।
'अँध्यारो रातपछि जहिले बिहानी आउँछ ?' कवितामा उनले देश के हो ? जमीन कि मान्छे ? अन्नको मालिक किशान कि भान्से ? भनी प्रश्न गरेका छन्।
केही दिअघि आफूलाई महानगरपालिकाको मेयर पद छाड्न दबाब आइरहेको फेसबुकमार्फत अभिव्यक्ति दिएका बालेनले आज आशा र निराशामिश्रित कविता लेखेका हुन्।