२८ असार २०८३, आइतबार

प्राविधिक समस्यापछि पेरिस विमानस्थलमा आवागमन प्रभावित

फागुन २०, २०७९
प्राविधिक समस्यापछि पेरिस विमानस्थलमा आवागमन प्रभावित

फ्रान्सको राजधानी पेरिसको मुख्य चाल्र्स डी गौल र ओर्ली विमानस्थलमा शनिबार कम्प्युटरमा खराबी आएपछि यात्रुको लामो लाइन लागेको छ । 

“सीमा प्रहरीको राष्ट्रिय विघटनले हाल पेरिस– चाल्र्स डी गौल र पेरिस–ओर्लीको प्रस्थान र आगमनमा सुरक्षा जाँचप्वाइन्टहरूलाई असर गर्दछ । अवरूद्धतालाई पुष्टि गर्दै ” पेरिस एयरपोर्ट ले ट्वीट गरेको छ,“प्रतिक्षाको समयको थप विस्तार हुनसक्छ ।”
 
शनिबारको समस्याका कारण फ्रान्सका अन्य विमानस्थल वा क्षेत्र प्रभावित भए÷नभएको तत्काल स्पष्ट हुन सकेको छैन । 

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा पेरिस विमानस्थलको चेकप्वाइन्टमा यात्रुहरूको ठूलो लाइन लागेको देखिन्छ भने केही भुइँमा बसिरहेका छन् । 

स्थानीय समयअनुसार दिउँसो २ः०० बजेसम्ममा उक्त कम्प्युटर प्रणालीले पुनः काम गरिरहेको गृह मन्त्रालयले एएफपीलाई जानकारी दिएको छ ।

मार्टिनिकबाट यात्रा गरिरहेकी एक महिलाले ओर्लीमा करिब दुई घण्टा लाइनमा बिताउनु परेको उनले बताए ।

आफ्नो थर बताउन अस्वीकार गर्दै अनौक नाम बताउने एक यात्रुले एएफपीसँग टेलिफोनमा भने,“यो लज्जास्पद छ, विशेष गरी बच्चाहरू भएका आमाबाबु र अन्य यात्रुहरू क्रोधित बनेका छन् । पेरिस विमानस्थलबाट कसैले पनि हामीलाई केही जानकारी गराएका थिएनन् । तर,यात्रीहरूले सिसाबाहिरबाट जानकारी मागेपछि उनीहरूले पछि समस्याबारे सामान्य जानकारी गराएका थिए ।”


 

salt training

कमेन्ट गर्नुहोस्