०२ असार २०८३, मंगलबार

बजार हिस्सा बढाउँदै एनआईसी एशिया, शेयरधनीलाई २१ प्रतिशत लाभांस

कात्तिक २०, २०७४
बजार हिस्सा बढाउँदै एनआईसी एशिया, शेयरधनीलाई २१ प्रतिशत लाभांस

काठमाडौं, १० भदौ–  नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको इजाजत प्राप्त एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीलाई २१.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

बैंकले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांस गरी २१.०५ प्रतिशत लाभांस वितरण गर्न लागेको हो ।

यही भदौ ३० गते बस्ने २० औं वार्षिक साधारण सभामा लाभांस वितरण प्रस्ताव पेश गरिने बैंकले जनाएको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा हुने २० औं वार्षिक साधारण सभामा लाभांस वितरसहित अन्य प्रस्ताव पनि पेश गरिने जनाइएको छ ।

एनआईसी एशियाले समग्र वाणिज्य बैंकको तुलनामा पनि गत आर्थिक वर्षमा निक्षेप र कर्जामा उच्चस्तरको परिणाम हासिल गरेको छ ।

गत आवमा समग्र बाणिज्य बैंकको निक्षेप १० प्रतिशत र कर्जा बृद्धि २० प्रतिशत रह्यो । तर एनआईसी एशियाले भने निक्षेपतर्फ २५ प्रतिशत र कर्जातर्फ २२ प्रतिशतको बृद्धि हासिल गर्यो ।

एनआईसी एशिया बैंकले वाणिज्य बैंकको बजारमा क्षेत्रमा आफ्नो हिस्सा समेत बढाएको छ । समग्र वाणिज्य बैंकहरुको गत वर्षको कुल निक्षेपमा यस बैंकले ३.७९ प्रतिशतको बजार हिस्सालाई सुधार गर्दै यस बर्ष ४.१५ प्रतिशतको बजार हिस्सा ओगट्न सफल भएको छ ।

साथै, गत आर्थिक वर्षको समग्र वाणिज्य बैंकहरुको कुल निक्षेप बृद्धिमा बैंकले ६.७ प्रतिशत हिस्सा ओगट्न समेत बैंक सफल भएको छ ।

बैंकले आफ्ना सेवाग्राहीको हितलाई मध्यनजर गर्दै कर्जा तथा बचत योजनाहरु सञ्चालन गरिरहेको छ । बैंकले आफ्ना बचतकर्ताहरुलाई बचत खातामा ९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ । जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट र आकर्षक ब्याजदर भएको बैंकको दावी छ । यसैगरी बैंकले हालै मात्र सेयर धितो कर्जा प्रवाहलाई समेत निरन्तरता दिने निर्णय गरेको छ ।

बैंकले शाखा विस्तारको क्रमलाई गत बर्ष पनि निरन्तरता दिएको छ । जसअन्तर्गत बैंकले गत आर्थिक वर्षमा नेपाली बैंकिङ्ग इतिहास मै सबैभन्दा बढि अर्थात् ५३ वटा शाखा थप गरेको छ । थप शाखा विस्तारसँगै एनआईसी एशियाले हाल १२१ शाखा तथा ४ विस्तारित काउन्टर मार्फत् विभिन्न बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्