२७ असार २०८३, शनिबार

सुदूरपश्चिममा कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

फागुन २१, २०७९
सुदूरपश्चिममा कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

प्रधानमन्त्री एवं (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशस्थित माओवादी केन्द्रको संसदीय दलका नेतालाई निर्देशन दिएका छन् । 

कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहलाई बहुमत पुर्‍याउन माओवादीको मत आवश्यक पर्ने देखिएपछि प्रचण्डले संसदीय दलका नेता खगराज भट्टलाई यस्तो निर्देशन दिएको जानकारी प्रचण्डका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए । 

‘प्रदेशमा सरकार बन्ने संवैधानिक प्रक्रिया र व्यवस्थाअनुसार पनि हामीले विश्वासको मत दिनुपर्ने अवस्था देखिएको छ,’ तिमल्सिनाले लोकान्तरसँग भने, ‘केन्द्रमा सरकार पुनर्गठनको अभ्यासमा प्रदेशमा पनि एउटा समझदारी पुग्नुपर्ने हुन्छ । अहिले विश्वासको मत दिनुस्, सत्ता साझेदारीको विषयमा थप छलफल गर्दै जाउँला भनेर अध्यक्षले सुदूरपश्चिमस्थित माओवादी संसदीय दलका नेता खगराज भट्टलाई निर्देशन दिनुभएको छ ।’

५३ सदस्यीय सुदूरपश्चिम सरकारमा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र १/१ सांसद छन् । १९ सीट रहेको कांग्रेसलाई माओवादीबाट सभामुखबाहेक १० सांसदको समर्थन भए सहजै बहुमत पुग्नेछ । 

मुख्यमन्त्री शाहले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । 

यसअघि नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि एमाले नेतृत्वको सुदूरपश्चिम सरकार एक महिनामै ढलेको थियो । 

यसपटक पनि कांग्रेसलाई माओवादीले साथ नदिए निर्णायक उन्मुक्ति नै देखिएको थियो ।

उन्मुक्तिले पनि विश्वासको मत दिन जेलमा रहेका आफ्ना नेता एवं संरक्षक रेशम चौधरीको रिहाइ, सत्तामा सम्मानजनक उपस्थितिसहितका विषयमा बार्गेनिङ गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्