
सीजी होल्डिङ्सअन्तर्गत अल्को–वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर 'हिमालयन' नेपाली बजारमा ल्याएको छ ।
लोकप्रिय 'होली चाड' लाई लक्षित गरी बियर नेपाली बजारमा ल्याएको हो ।
गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो । चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद अरूभन्दा नयाँ र रिफ्रेशिङ भएको कम्पनीले जनाएको छ ।
'फर द वन हु डेयरस्' नारामा लन्च भएको सो बियरमा ६% अल्कोहल रहेको कम्पनी ले जनाएको छ ।
यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने विश्वास कम्पनी लिएको छ ।
हिमालयन बियर ३३० एमएल र ६५० एमएल बोतलमा उपलब्ध हुनेछन् । यस बियर को ६५० एमएलको बोतलको मूल्य ३१० रुपैयाँ र ३३० एमएलको बोतलको मूल्य १६५ रुपैयाँ कायम गरिएको छ ।
लामो र गौरवमय इतिहास बोकेको हिमालयन ब्रुअरीले नेपाली बजारमा 'आइसबर्ग', 'निन्जा', 'काठमाण्डौँ' र 'कमाण्डो' जस्ता लोकप्रिय बियर ब्रान्डहरूको उत्पादन गर्दै आएको छ ।