×

NMB BANK
NIC ASIA

एउटै मञ्चमा माओवादी धारका नेता

माओवादी भनेकै बेला बलियो हुन्छ, भूतप्रेत बाटोमा निक्लिँदैमा केही हुनेवाला छैन– प्रचण्ड

फागुन २१, २०७९

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै तीतामिठा बिर्सिएर माओवादी धारका सम्पूर्ण शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् ।

Muktinath Bank

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आइतवार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ढिलोचाँडो माओवादी आन्दोलन एक ठाउँमा उभिने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘केही चिज शुरू गरिएको छ । हामी कमजोर भएको कारणले होइन, माओवादी आन्दोलन र प्रभाव विभिन्न धारामा भए पनि एक ठाउँमा हुँदादेखि नै प्रतिक्रियावादीले भ्रम छर्ने र घेरा हाल्ने काम गरेका छन् । यसैले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकताबोध हुनु एउटा शक्ति हुनु हो,’ प्रचण्डले भनेका छन्, ‘माओवादी आन्दोलन ठूलो प्रवाहको रूपमा अगाडि आयो । शान्ति प्रक्रिया फेरि धेरै भंगलामा गयो । यी भंगाला एक भएर विशाल सागरतिर जाने बेला भयो । बाबुराम, विप्लव, धर्मेन्द्र, किराणजीहरूले हासिल गरेका सबै तितामिठा अनुभव हाम्रै हुन् ।  हामी भनेका बेला बलियो हुन्छौं । कसैले कमजोर बनाउन सक्दैन । हामीले अनुभव गरेका तीतामिठा अनुभव साझा हुन् । हामी एक ठाउँमा केन्द्रित हुने अनुभव गयौं भने हामीलाई कसैले पनि रोक्न सक्दैन ।’


Advertisment
Nabil box
Kumari

माओवादी शक्ति एक ठाउँमा उभिएर लाखौंजना सडकमा उत्रिने हो भने माओवादीले फेरि नयाँ यात्रा शुरू गर्ने दाबी प्रचण्डले गरेका छन् । 

Vianet communication

राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको भन्दै उनले एकत्रित भएर लड्दा माओवादी आन्दोलन अजेय र अमर हुने बताए । यो क्रम शुरू भइसकेको पनि उनको भनाइ छ । तेस्रोपटक प्रधानमन्त्री हुँदा आफूले केही न केही नयाँ गरेर देखाउने पनि प्रचण्डले बताए । 

अब माओवादीहरू कुनै न कुनै हिसाबमा एउटै मोर्चा भएर अगाडि बढ्ने दाबी प्रचण्डले गरेका छन् । आफूले प्रधानमन्त्री भएपछि फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने घोषणा कोशेढुंगा नै भएको उनको भनाई छ । 

‘अहिले केही भूतप्रेत बाटोमा निक्लिँदैमा केही हुनेवाला छैन । अहिले सरकारको तर्फबाट जनयुद्ध र आन्दोलनलाई श्रद्धा गर्ने क्रम बढ्दा प्रतिक्रियावादी तर्सिएका छन् । यसैले माओवादीलाई गाली गर्ने, बदनाम गर्ने काम भएको छ । भ्रम छर्ने, सखाप पार्ने प्रतिक्रियावादीविरुद्ध हामी भ्रममुक्त गराउने गरी अघि बढ्दै आएका छौं,’ उनले भने, ‘विभिन्न समयमा जे कसरत भएका छन् । माओवादीहरू एक ठाउँमा उभएिर जनतालाई अपिल गर्ने, एक ठाउँमा उभिएर शहीद बेपत्ताको भावनालाई समेट्ने संकल्प गर्दा फेरि नयाँ ठाउँमा पुग्छौं ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x