०४ असार २०८३, बिहीबार

ओखलढुंगा सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

फागुन २१, २०७९
ओखलढुंगा सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

ओखलढुङ्गामा आज भएको सवारी दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले घाइतेलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएकोसमेत जानकारी दिए।

ओखलढुङ्गा जिल्लाको चिशङ्खुगढी गाउँपालिका दियालेमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले भनेका छन्, 'मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तीव्र उद्धार कार्यका लागि निर्देशन दिएको छु ।'

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान जीप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो। 

दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना१ज ८४८३ नम्बरको जीपमा १३ जना सवार रहेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्