१० साउन २०८३, आइतबार

सिद्धार्थ उवासंघ भैरहवाको अध्यक्षमा कांग्रेसनिकट श्रेष्ठ विजयी

फागुन २१, २०७९
सिद्धार्थ उवासंघ भैरहवाको अध्यक्षमा कांग्रेसनिकट श्रेष्ठ विजयी

सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा, रूपन्देहीको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । शनिवार भएको निर्वाचनको आइतबार सार्वजनिक परिणामअनुसार श्रेष्ठ १ हजार १०७ मतका साथ विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी विजय पाण्डेले ६८७ मत मात्र ल्याएको निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए । निर्वाचित श्रेष्ठ नेपाली कांग्रेसनिकट हुन् भने पाण्डे एमाले निकट हुन् ।

२ हजार १९३ जना मतदातामध्ये १ हजार ८२८ जनाले मत खसालेका थिए । सचिवबाहेक अधिकांश पदमा श्रेष्ठ प्यानलका उम्मेदवार विजयी भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य १ हजार २५५ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी अरुण कुमार गोयन्काले ५४७ मत प्राप्त गरेका छन् । यस्तै वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली १ हजार १२३ मत ल्याएर विजयी हुँदा रविकुमार श्रेष्ठले ६४३ मत पाए ।

उद्योग उपाध्यक्षमा दिलिपकुमार कान्दु ८९४ मत ल्याई निर्वाचित हुँदा प्रतिस्पर्धी हरिबहादुर थापाले ८७३ मत प्राप्त गरे । महासचिवमा कृष्ण प्रसाद घिमिरे ९६१ मत ल्याई विजयी भए । अर्का प्रत्यासी गोपाल भण्डारीले ८०४ मत प्राप्त गरेका छन् । 

कोषाध्यक्षमा कमलप्रसाद मरासिनी ८७७ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी गौरव श्रेष्ठले ५१८ र गंगासागर अग्रहरिले ३६२ मत ल्याए । सचिवमा पाण्डे प्यानलका मंगल भण्डारी ९९२ मत ल्याई विजयी भएका छन् । भण्डारीका प्रतिस्पर्धी धर्मवीर शर्माले ७७९ मत पाएका छन् ।

वस्तुगत सदस्यमा प्रीतम रौनियार, उद्योगतर्फ खुला सदस्यहरूमा ओम जैसी, रमेश घिमिरे, रचना क्षेत्री, कमल ज्ञवाली र विष्णुमाया शर्मा पौडेल निर्वाचित भएका छन् । 

वाणिज्यतर्फ खुला सदस्यमा अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्णप्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली, दिनेशमान अमात्य, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी र विजय अधिकारी विजयी भए । 

यस्तै कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवाल, सहकोषाध्यक्षमा सञ्जयकुमार बेरीवाल, कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकासकुमार गोयन्का तथा वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएको गौडेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्