
नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने असम्भव भएको बताएका छन्।
आईतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको बताए
जसले जति नारा लगाए पनि राजतन्त्र नफर्किने उनको भनाइ थियो। उनले देशमा अधुरा रहेका क्रान्ति सम्पन्न गर्न सबै कम्युनिष्ट शक्तिहरू मिल्नुपर्ने बताए।
वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरू एकजुट हुनुपर्ने उनले धारणा राखे।
संयोजक बास्तोलाले राजतन्त्र फर्किन नेपाल १५ औँ शताब्दीको बेलायत नभएको टिप्पणी गरे।