
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका दुई महिला पाइलटले एकैसाथ अन्तर्राष्ट्रिय उडान गरेका छन् ।
यो वायुसेवा निगमको इतिहासमै पहिलो पटक हो।
क्याप्टेन भावना पन्त र कोपाइलट श्रृजना राउतको टोलीले आइतवार काठमाण्डौं–यूएईको उडान गरेका हुन्।
वायुसेवा निगमका सहप्रवक्ता गणेश घिमिरेका अनुसार पाइलटको कामै जहाज उडाउनु हो ।
‘आइतवार उक्त उडामा संयोगवस दुवै जना क्याप्टेन र कोपाइलट महिला परेका रहेछन् । यो सामान्य विषय हो ।’
उनका अनुसार आगामी २४ फागुनमा परेको अन्तर्राष्ट्रिय महिला दिवसमा पनि सबै क्रु मेम्बर महिला नै भएर उडान गर्ने गरी तालिका पनि बनाइएको छ ।
आज संयोग परेर एकैपटक दुवै महिला परेका तथा महिला दिवसमा भने तालिममा नै महिलालाई मात्रै राखिएको पनि निगमका सहप्रवक्ता घिमिरेले बताए ।