२६ असार २०८३, शुक्रबार

प्रहरी आउने सूचना पाएपछि भागे इमरान खान

फागुन २१, २०७९
प्रहरी आउने सूचना पाएपछि भागे इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना काण्डमा पक्राउ गर्न पाकिस्तानी प्रहरी आइतबार उनको घर पुगेको छ ।

इस्लामाबाद प्रहरीले ट्वीट गर्दै एसपी आफ्नो कोठामा पुग्दा इमरान त्यहाँ नभएका बताएको छ । त्यसपछि प्रहरी सूचना दिएर फर्किएको छ। 

प्रहरीले भनेको छ, 'पक्राउ गर्नु नै उद्देश्य होइन । यदि यसो गर्ने हो भने कुनै शक्तिले हामीलाई रोक्न सक्दैन । हामीले इमरानलाई भेटेका छैनौं।'

इमरानको तर्फबाट पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीले यो सूचना प्राप्त गरेका थिए। 

अर्कोतर्फ इमरान खानले ट्वीट गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र पूर्वसेना प्रमुख जनरल बाजवामाथि खनिएका छन्। उनले लेखेका छन्, ‘बदमासलाई शासक बनाएको देशको भविष्य के होला ? 

यसअघि इस्लामावाद प्रहरीले इमरान खान पक्राउबाट बच्न निकै प्रयास गरिरहेको ट्विट गरेको थियो । इमरान मार्च ७ मा इस्लामावाद अदालतमा हाजिर हुनुपर्नेछ। 

salt training

कमेन्ट गर्नुहोस्