३१ जेठ २०८३, आइतबार

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले पेस गरे वार्षिक प्रतिवेदन

फागुन २१, २०७९
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले पेस गरे वार्षिक प्रतिवेदन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रममा उनले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। 

सरकारले सो आर्थिक वर्षमा सम्पादन गरेका काम कारबाही समेटिएको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गरिएको हो ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले सम्पादन गरेका काम कारबाहीको फेहरिस्त राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ । 

सो अवसरमा मुख्यसचिव शंकरदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलगायतको सहभागिता रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्