
शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘छक्कापञ्जा ४’का भिडियो क्लिप्स टिकटकमा अनधिकृत रूपले सार्वजनिक भएपछि ओएसआर डिजिटले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।
फिल्मले तेस्रो दिनसम्म आइपुग्दा बक्स अफिसमा निकै राम्रो कलेक्सन गरिरहेको छ।
फिल्मको डिजिटल अधिकार किनेको कम्पनी ओएसआरले आज (आइतबार) उजुरी दिएको साइबर ब्युरोका प्रहरी अधिकृत राजकुमार खड्गीले लोकान्तरलाई बताए। ब्युरोमा ओएसआरले टिकटकमा आएका भिडियो क्लिपहरू हटाइदिन र पोस्ट गर्नेको पहिचान खुलाइदिन माग गरेको छ।
आफूहरूले महँगोमा किनेको र यसरी अनधिकृत रूपले भिडियो क्लिपहरू सार्वजनिक भएपछि समस्या गर्ने ओएसआरले जनाएको छ।
यसअघि कलाकार दीपकराज गरिले पनि यसबारे चलचित्र संघसँग कुरा गर्ने जनाएका थिए।