भरपतुर । नेपाल भ्रमणमा आएका सांसद, कोरिया नेपाल संसदीय समितिका अध्यक्ष तथा नेपाल–कोरिया मामिलाका सभापति लि साङ हन नेतृत्वको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग भेटवार्ता गरेको छ ।
भेटवार्ताको क्रममा भरतपुर र कोरियाबीच कृषि, पर्यटन तथा विकासका कार्यमा सहकार्य गर्नेबारे छलफल भएको थियो ।
मेयर दाहालले भरतपुरमा भईरहेको विकास निर्माण, कृषि क्षेत्रमा गर्न खोजेको प्रयास र ल्याण्डफिल्ड साईटको बारेमा सभापति हनलाई जानकारी गराएकी थिइन् ।
दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि सभापति हनलाई कोरिया सरकार तथा नागरिकलाई निम्तो दिइन् ।
भेटवार्ताका क्रममा सभापति हनले नेपालमा प्रचुर सम्भावना रहेकाले विकासको गतिलाई बढाउन सकिने उल्लेख गरे ।