२९ असार २०८३, सोमबार

बम विस्फोटमा उत्तरपश्चिम पाकिस्तानमा २ जनाको मृत्यु, ३ घाइते

फागुन २१, २०७९
बम विस्फोटमा उत्तरपश्चिम पाकिस्तानमा २ जनाको मृत्यु, ३ घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार भएको बम विस्फोटमा परी दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । सो विस्फोट बानु जिल्लामा भएको  हो ।  विस्फोटक पदार्थले भरिएको मोटरसाइकल शान्ति मिलिशियाका सदस्यको गाडीसँग ठोक्किदा सो दुर्घटना भएको हो ।

अज्ञात आतङ्ककारीहरूले रिमोट कन्ट्रोल यन्त्रद्वारा बम विस्फोट गराएको स्रोतले बताएको छ  । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको दाबी गरेका छैनन्।

salt training

कमेन्ट गर्नुहोस्