२६ असार २०८३, शुक्रबार

तराईमा डेङ्गुको प्रकोपः दाङमा पाँच जना बिरामी भेटिए

कात्तिक २०, २०७४
तराईमा डेङ्गुको प्रकोपः दाङमा पाँच जना बिरामी भेटिए

दाङ, १० भदौ– दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको गरिक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको अस्पतालका डा सुवोधकुमार शर्माले जानकारी दिए ।

तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेङ्गु रोग फेला परेको हो । अस्पतालमा भर्ना भएकामध्ये दुईजना महिला उपचारपछि घर फर्केको र दुई महिला र एक पुरुषको अस्पतालमा उपचार भइरहेको डा. शर्माले जानकारी दिए ।

लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । यस अघिपनि जिल्लामा १३ जना डेङँगु रोगका विरामीहरु फेला परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्