२९ जेठ २०८३, शुक्रबार

रङजस्तै समाज पनि विविधतापूर्ण छ : प्रदेश प्रमुख गुरुङ

फागुन २२, २०७९
रङजस्तै समाज पनि विविधतापूर्ण छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा विविधतापूर्ण रहेको बताएका छन् ।  

फागुपूर्णिमा (होली) का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले भने, “यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको छ । सम्पूर्ण नेपालीबीच आपसी  प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागुपूर्णिमा (होली) पर्वले योगदान गर्ने विश्वास मैले लिएको छु ।”

वसन्त ऋतुका अनेक रङ प्रतिविम्बित गर्ने पर्वका रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेसका जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा विभिन्न रङ तथा अबिर खेल्दै खुशियालीपूर्वक फागुपूर्णिमा मनाउने परम्परा रहेको सन्देशमा उल्लेख छ । पर्वले सबै नेपालीमा खुसीका रङ छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्