१० साउन २०८३, आइतबार

‘बहालवाला प्रमलाई मुद्दा लगाउन पाइन्छ’

फागुन २२, २०७९
‘बहालवाला प्रमलाई मुद्दा लगाउन पाइन्छ’

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा लगाउन पाइने तर नियमित अदालतले हेर्न नहुने बताएका छन् । 

सामाजिक सञ्जालमा केहीबेरअघि ट्वीट गर्दै नेता भट्टराइले त्यस्तो बताएका हुन् । आफू प्रधानमन्त्री हुँदा पनि थुप्रै मुद्दाको सामना गरेको उनको भनाइ छ । शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ले हेर्ने पनि उनले उल्लेख गरेका छन् ।

नेता भट्टराईले लेखेका छन्, “बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ । म आफै प्रम छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजीर भएको छु ।”

null

salt training

कमेन्ट गर्नुहोस्