१२ साउन २०८३, मंगलबार

आज नेपाल र यूएई दोस्रो पटक आमने सामने

फागुन २२, २०७९
आज नेपाल र यूएई दोस्रो पटक आमने सामने

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गत आज नेपाल र यूएई खेल्दै छन् । यस सिरिजको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । नेपाल र यूएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ शुरु हुँदैछ । यस सिरिजमा दुवै टोली दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । 

पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको विदेशमा हुने यो अन्तिम त्रिकोणात्मक सिरिज हो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकसहित पाँचौं स्थानमा छ ।

नेपाली टोलीमा रोहित पौडेल,  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी।सी र सन्दीप लामिछाने खेलाडि छन् । 

salt training

कमेन्ट गर्नुहोस्