०५ साउन २०८३, मंगलबार

'कोशी' नामकरण भइसक्दा पनि फेरिएन मुख्यमन्त्री कार्यालयको बोर्ड

फागुन २२, २०७९
'कोशी' नामकरण भइसक्दा पनि फेरिएन मुख्यमन्त्री कार्यालयको बोर्ड

कोशी प्रदेश नामाकरण भएको एक हप्ता दिन हुन लाग्दासमेत मुख्यमन्त्री कार्यालयको बोर्ड भने पुरानै राखिएको छ ।

६३ महिनापछि गत बुधबार कोशी प्रदेश नामकरण गरिएको थियो । तीन जना मुख्यमन्त्रीले नाम राख्न नसेकेको भन्दै नाम राखेको जस लिएका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुख्यमन्त्री कार्यालयकै बोर्ड भने फेर्न सकेका छैनन् ।

एक हप्ता बित्न आट्दा पनि मुख्यमन्त्री कार्यालयमा राखिएको बोर्डमा भने प्रदेश १ सरकार नै राखिएको छ । 

नेकपा एकीकृत समाजवादी र जसपा बहुपहिचानको पक्षमा उभिएका हुन् ।

चुनावमा जाँदा बुहपहिचानको कुरा गरेर जितेर आए पनि जनतालाई धोका दिने खेल प्रदेश सांसदहरूले गरेका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका राजेन्द्र राईले बताए ।

कोशी नाम अञ्चल हुँदासमेत भएकाले संघीयता आएपछि पनि त्यही नाम राख्दा कुनै परिवर्तन नदेखिएको उनको भनाइ छ ।

प्रदेश १ मा ९३ जना सांसद छन् ।

नामकरणको टुंगो लगाउन ६२ जना सांसद आवश्यक पर्थ्यो । तर प्रदेशसभामा ८२ सांसदले कोशीको पक्षमा मत हाल्दा ४ सांसदमात्रै विपक्षमा थिए ।

salt training

कमेन्ट गर्नुहोस्