फागुन ७, २०७९
विश्वभर निर्वाचित नेताबाट नै उदार लोकतन्त्र जोखिममा परिरहेको अवस्थामा अमेरिकी लेखकहरू स्टिभान लेभित्स्की र डानियल जिब्लान्टले लोकतन्त्र कसरी मर्छ ? (हाउ डेमोक्रेसी डाइ ?) भन्ने पुस्तक प्रकाशन गरेका छन् । पुस्ततकको अध्...
काठमाडाैं | फागुन २४, २०७९
प्राचीन ग्रिसमा चिकित्सा अध्ययन महिलाहरूका लागि बर्जित थियो । इसाको चौथो शताब्दीमा जन्मेकी एग्नोडिस भन्ने एकजना स्त्रीले आफ्नो कपाल काटी, पुरुषकै भेष धारण गरी अलेक्जेन्ड्रिया मेडिकल स्कूलमा चिकित्सा अध्ययनका लागि भर्ना भइन् । त्यसरी पुरुष बनेरै उनले अध्ययन सकिन्, कसैले थाहा पाएन ।
एक दिन उनी एथेन्सको सडकमा हिँड्दै गर्दा उनले प्रसव वेदनामा छटपटाइरहेकी महिला चिच्याएको सुनिन् । उनी ती महिला भएको ठाउँमा गइन् तर ती महिलाले एग्नोडिसलाई पुरुष भनेर आफ्नो छेउमा आउन दिइनन् । एग्नोडिसले आफ्नो लुगा फुकालेर आफू महिला भएको प्रमाणित गरिन् र ती महिलालाई बच्चा जन्माउन मद्दत गरिन् । उक्त विषय महिलाहरूमाझ एककान दुईकान मैदान भयो । सबै बिरामी महिलाहरू एग्नोडिसकहाँ जान थाले । कुरा पुरुष चिकित्सकहरूसम्म पनि पुग्यो र उनीहरूले एग्नोडिसले आफू पुरुष भएर पनि महिला हुँ भनी महिला बिरामीहरूलाई झुक्क्याएर उपचार गर्ने गरेको भनेर घोर निन्दा गरे ।
विषय अदालतसम्म पुग्यो । अदालतका सामु एग्नोडिसले सजिलैसँग आफू महिला भएको प्रमाणित गरिन् । त्यसपछि महिला भएर चिकित्सा अध्ययन र अभ्यास गरेको आरोपमा अदालतले उनलाई मृत्युदण्डको सजाय सुनायो । तर मृत्युदण्ड घोषणा गर्ने न्यायाधीशका पत्नीहरूले उक्त सजायको विरोध गरे । यदि एग्नोडिस मारिए आफू पनि उनीसँगै मर्ने भनी आफ्ना श्रीमानहरूलाई दबाब दिए । आफ्ना पत्नीहरू र अन्य महिलाहरूको दबाब झेल्न नसकेर न्यायाधीशहरूले एग्नोडिसको मृत्युदण्ड सजाय फिर्ता लिए, र तहाँ उपरान्त, महिलाहरूलाई चिकित्सा अध्ययन खुल्ला गरियो, महिला चिकित्सकहरूले महिलालाई मात्रै उपचार गर्न पाउने शर्तमा । यसरी, एग्नोडिसले इतिहासमा पहिलो ग्रीक महिला प्रसूतिकर्मी तथा चिकित्सकको रूपमा इतिहास रचिन् । सम्भवतः उनी ग्रीकको मात्रै नभएर सारा संसारकै पहिलो महिला चिकित्सक हुन् ।
आज महिलाहरूले भोग गरेका स्वतन्त्रता त्यत्तिकै आएको होइन । त्यसमा एग्नोडिसजस्ता धेरै पुरुषत्व गाल्ने वीराङ्गनाहरूले ज्यानको बाजी लगाएका छन्, आहुति दिएका छन् ।
महिला पुरुष बराबरी भन्न पाउने अवस्थासम्म आइपुग्नका लागि कैयौँ साहसी महिलाहरूले आफ्नै बुवा, दाजुभाइ र श्रीमानहरूविरुद्ध कठोर विद्रोह गर्नुपरेको छ । उनीहरू पनि आफ्ना आमा, दिदीबहिनी र संगीले झैँ चलिआएको रीति हो भन्दै सबैकुरा चुपचाप सही बस्थे भने कदापि यो परिवर्तन सम्भव हुने थिएन ।
एग्नोडिसले गरेको जस्तो नागरिक प्रतिरोध, अहिंसात्मक आन्दोलन वा अहिंसात्मक द्वन्द्व समाज बदल्नका लागि अपरिहार्य हुन्छ । विश्वका अन्य महिलाहरूले पनि ठूल्ठूला आन्दोलनहरू गरेका छन् । बेलायतको सफ्राज (मताधिकार) आन्दोलन, रुसको पुस्सी रायोट्स, भारतको गुलाबी ग्याङ, बेलायतको ग्रीनह्याम कमन वुमन पिस क्याम्प, अर्जेन्टिनाको प्लाजा डे मेयोमा भएको आमाहरूको आन्दोलनजस्ता आन्दोलनहरूले ठूल्ठूला उपलब्धिहरू हासिल गरेका छन् । पितृसत्तात्मक सोचहरू भत्काउन हाम्रो भूमिमा पनि एग्नोडिसजस्तै निर्भीक र साहसी परिवर्तनका योद्धाहरू नजन्मिएका भने होइनन्, राणाकालमा विकृति र विसङ्गति बोकेका कठोर रूढीवाद र परम्परावादविरुद्ध ६९ जनासहित जलसमाधिमा जाने बिरान्गाना योगमाया, राणाविरुद्ध आन्दोलन गर्ने मङ्गलादेवी सिंह हुन् या महाभारतमा भौमासुरसँग युद्ध गर्ने महिला अधिकारको मसाल सत्यभामा ।
महिला आन्दोलनको इतिहास यति पुरानो भइकन पनि अझै महिला पुरुष बराबरी हुन सकेको छैन । एग्नोडिसले आन्दोलन छेडेको २३ सय वर्षपछि पनि अविकसित समाजहरूमा महिलाहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिन्छ । उनीहरूलाई बिहे पहिले बाबु र दाजुभाइको नियन्त्रणमा राखिन्छ भने बिहेपछि श्रीमान्, देवर-जेठाजु र छोराहरूको । महिलाहरूलाई दबाउनकै लागि धेरै कुसंस्कारहरू आविष्कार गरिएको छ । खाने, लगाउने, बस्ने, उठ्ने, बोल्ने, हिँड्ने, खेल्ने, सुत्ने, हरेक कुरामा समाजले कानून बनाएको छ । पुरुषहरू बेफिक्री छन्; जे गर्दा नि हुन्छ उनीहरूले । अघिल्लो दिनसम्म एक अर्कालाई तिमी भनेर सम्बोधन गर्ने सहपाठी राम र सीता विवाहको दिनदेखि तँ र तपाईँ भन्न थाल्छन् । हेप्न चेप्न त्यहीँबाट शुरू हुन्छ । हेपेर नै हो घरेलु हिंसा गरिने; महिलाले नेतृत्व गर्ने समाजमा महिलाविरुद्धको घरेलु हिंसा कम हुन्छ । उदाहरणका लागि, मातृ वंशीय प्रणाली भएका उत्तरपूर्वी भारतका खासी समाज, चीनका मोसुओ समाज, पश्चिम अफ्रिकाको अकान समाज, इन्डोनेसियाको मिनाङ्काबाउ समाजहरूमा महिला हिंसा न्यून रहेको पाइन्छ । त्यसो हुनाको कारण लैङ्गिक शक्ति संरचना सन्तुलित भएर हो । अबका नारीवादी आन्दोलनको प्रयासहरूले असन्तुलित शक्ति सम्बन्ध ढाल्न सक्नुपर्छ ।
हुन त अहिले हामी आफ्नै पीरमर्काको कुरा गर्न पनि डोनरको पैसा कुर्ने भएका छौं । डलर आए मात्र हामीसँग महिला उत्थान, महिला अधिकार, लैङ्गिक समानताका मुद्दा हुन्छन्, नत्र हुँदैनन् । सयौं, हजारौंले पश्चिमको छाउपडी भत्काउने छद्ममा काठमाडौंमा घर बनाए, छाउगोठ त अझै पनि छँदैछ । १२ वर्षको उमेरमा विवाह गरिदिनाले १८ वर्ष पुग्दानपुग्दै ४/५ वटा बच्चा पाइसक्ने मुसहर बस्तीमा बालविवाह रोक्ने सरकारको दायित्व हैन र ? अफसोस ऊ पनि विकासे कार्यकर्ताकै बाटो हेरेर बस्छ । कसले लड्ने ती दूरदराजका महिलाहरूका लागि ?
त्यही भएर पनि महिला हक अधिकारका आन्दोलनहरू गाउँ-गाउँ र बस्ती-बस्तीबाट उठ्न जरुरी देखिन्छ । विशेष गरी अबका आन्दोलनहरू महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र मनोसामाजिक हित केन्द्रित हुन आवश्यक देखिन्छ । राजनीतिक हिसाबले नेपालका महिलाहरू अधिकार सम्पन्न छन् । नेपालको संविधानले संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ जुन अन्तर्राष्ट्रिय औसतभन्दा धेरै छ ।
अन्तर-संसदीय संघ (इन्टर-पार्लियामेन्टरी युनियन) को सन् २०२१ को तथ्याङ्कअनुसार, संसद्को एकल वा तल्लो सदनमा महिलाहरूको विश्वव्यापी औसत २५.५ प्रतिशत छ । यो संवैधानिक व्यवस्था नेपालका नारीवादीहरूले गरेको आन्दोलनहरू, १० वर्षे जनयुद्ध र जनआन्दोलनहरूको बलमा प्राप्त भएको हो, सित्तैमा आएको भने होइन । संविधान प्रदत्त अधिकारहरूलाई संस्थागत गर्न सके मात्रै पनि ठूलो उपलब्धि हाता लाग्ने देखिन्छ । अबको नेपाली महिला आन्दोलनले त्यसतर्फ विशेष ध्यान पुर्याउन आवश्यक छ ।
यस्ता युगान्तकारी आन्दोलन हाँक्न सयौं एग्नोडिसहरूको खाँचो हुन्छ । आजका त्यस्ता एग्नोडिसहरूले महिला आन्दोलनको छद्म भेषमा निजी स्वार्थ परिपूर्ति गर्न उद्धत हुनेहरूलाई विस्थापित गर्ने ल्याकत राख्नुपर्छ; शहरबाट टाढा दूरदराजका बस्तीहरूका महिलामा भएका अशिक्षा, अज्ञानता र पछौटेपनहरूलाई चिर्न सक्नुपर्छ । शहरका गल्लीहरूमा हुने महिलाको वस्तुकरणमाथि धावा बोल्न सक्नुपर्छ; र महिला र पुरुष जैविक भिन्नता बाहेक सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य हिसाबले बराबर हुन्छन् भन्ने कुरालाई हरेकको दिमागमा भर्न सक्नुपर्दछ । र, यो सबै गर्नका लागि सर्वप्रथम आफू पाँचतारे होटेलका सुशोभित सभाकक्षबाट बाहिर निस्किएर शोषितपीडित दिदीबहिनीको दैलोमा पुग्न सक्नुपर्दछ । यो आलेख पढ्ने हरेकलाई एग्नोडिसबाट प्रचुर मात्रामा प्रेरणा मिल्न सकोस्, ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको यही नै शुभकामना छ ।
सेञ्चुरी नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानमा विश्लेषक/सूचना अधिकारीका रूपमा कार्यरत छन् ।ट्वीटर:@rsenchurey
विश्वभर निर्वाचित नेताबाट नै उदार लोकतन्त्र जोखिममा परिरहेको अवस्थामा अमेरिकी लेखकहरू स्टिभान लेभित्स्की र डानियल जिब्लान्टले लोकतन्त्र कसरी मर्छ ? (हाउ डेमोक्रेसी डाइ ?) भन्ने पुस्तक प्रकाशन गरेका छन् । पुस्ततकको अध्...
नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा कम्युनिस्ट विचार, सिद्धान्त र धरातलको महत्त्वपूर्ण पक्षहरू उजागर हुँदै गएको छ । हाम्रो समाजको चिन्तन र राजनीतिक अभ्यासमा वाम राजनीतिको महत्त्व जसरी उजागर भएको छ त्यस अनुपातमा मू...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
नेपालमा चाउचाउ अत्याधिक खपत हुने गर्छ । काँचै खाए पनि हुने, पकाएर खाए पनि हुने खाजाको रूपमा खान पनि हुने, खानाको रूपमा खाए पनि हुने चाउचाउको विशेषता हो । यसको अझै ठूलो विशेषता भनेको यो एकैछ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...