०९ असार २०८३, मंगलबार

भ्रष्टाचार आरोप लागेका थाइ पूर्व प्रधानमन्त्री पुगिन् दुबई

कात्तिक २०, २०७४
भ्रष्टाचार आरोप लागेका थाइ पूर्व प्रधानमन्त्री पुगिन् दुबई

थाइल्याण्ड, १० भदौ चामल अनुदान परियोजनामा भएका भनिएका भ्रष्टाचारको मुद्दामाथिको सुनुवाईमा अदालतले आदेश दिनुअघि थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात दुबई उडेको उनको दलले जनाएको छ ।sitawat

चामल अनुदान परियोजनामा लापरवाही गरेको आरोप लागेका शिनावात विदेश गइसकेको पार्टी स्रोतले जानकारी गराएको छ । उनी केही दिन पहिल्यै थाइल्याण्डबाट बाहिरिएकोे शुक्रबार जानकारी गराइएको थियो । उनी बेलायत जाने क्रममा दुबई पुगेको उनको दलका वरिष्ठ सदस्यले जनाए ।

पूर्व प्रधानमन्त्री शिनावातलाई शुक्रबार अदालतमा सुनुवाइका लागि उपस्थित हुन भनिएको थियो तर उपस्थित नभएपछि अदालतले उनलाई पक्राउ गर्न अदालतले आदेश जारी गरेको थियो । उनको धरौटी जफत गरिएको थियो ।

शिनावातविरुद्धको मुद्दामा शुक्रबार फैसला सुनाउने तयारी गरेको सर्वोच्च अदालतले फैसला अर्को महिना गर्ने जनाएको छ । उनी बेलायत जानेक्रममा कम्वोडिया–सिङ्गापुर हुँदै दुबई पुगेको, जुन्ता दलका एक सदस्यले बताए । दुबईमा उनका दाजु पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात स्वघोषित निर्वासनमा बसिरहेका छन् ।

उनले भने, “हामीले उहाँ क्याम्बोडिया हुँदै सिंगापुर पुगेको र त्यहाँबाट दुबईका निम्ति उडेको थाहा पाएका छौँ । उहाँ सकुशल त्यहाँ पुगेर बसिरहेको जानकारी छ ।” “उहाँ बेलायत जाने योजना छ ।”

त्यस प्रकरणमा दोषी ठहरिएमा पूर्व प्रधानमन्त्रीलाई १० वर्ष जेल सजाय हुनसक्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्