चैत ६, २०७९
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
काठमाडाैं | फागुन २५, २०७९
भारतको बेंगलुरुमा ट्राफिक जामको समस्या भयंकर छ ।
त्यसबाट एक व्यक्तिले फाइदा उठाएको खबर आएको छ । गत फेब्रुअरी १६ मा एकजना दुलाहा विवाहको भोलिपल्ट दुलहीलाई ट्राफिक जाममै छोडेर भागेका छन् । उनीहरू चढेको कार महादेवपुरामा जाममा फसेको थियो ।
भागेका दुलाहालाई खोज्न दुई हप्ता खेर फालेपछि दुलही पक्षले मार्च ५ मा प्रहरी समक्ष जाहेरी दिएको छ । प्रहरीले दुलाहालाई खोजिरहेको छ ।
दुलाहाको नाम विजय जर्ज (नाम परिवर्तन) हो । उनकी पूर्व प्रेमिकाले निजी क्षणको भिडियो र तस्वीर सार्वजनिक गरिदिने धम्की दिएपछि उनी तनावमा थिए ।
जर्जले पत्नीलाई आफूसँग भइरहेको ब्ल्याकमेलिङका बारेमा बताएका थिए । तर उनले आफू र आफ्ना मातापिता जर्जको पक्षमा उभिने अनि चिन्ता नलिन बताएकी थिइन् ।
तर यस आश्वासनका बावजूद विवाहको भोलिपल्ट जोडी चर्चबाट फर्किँदै गर्दा गाडी ट्राफिक जाममा फसेको मौका पारी दुलाहा भागेका थिए । अगाडिको सीटमा बसेका जर्ज कारबाट निस्केर चम्पत भएका थिए ।
स्तब्ध भएकी दुलही पनि कारबाट निस्केर पछिपछि भागेकी थिइन् र भेट्टाउन सकिनन् ।
जर्जले कर्नाटक र गोवामा आफ्ना पितालाई म्यानपावर एजेन्सीमा सघाइरहेका थिए । गोवामा हुँदा उनले कम्पनीकै एक चालककी पत्नीसँग सम्बन्ध बनाएका थिए । ती महिला दुई सन्तानकी आमा हुन् र त्यही कम्पनीमा क्लर्कका रूपमा काम गरिरहेकी थिइन् ।
जर्जकी आमालाई यस सम्बन्धका बारेमा थाहा भएपछि जर्जले सम्बन्ध तोड्ने भनेका थिए । तर उनी लुकीलुकी ती महिलालाई भेटिरहन्थे ।
ती महिलाको मोहपाशबाट छुटाउनका लागि जर्जको परिवारले उनको विवाह अन्तै गराउने निर्णय लियो ।
‘मलाई विवाहअघि नै यस सम्बन्धका बारेमा बताइएको थियो,’ जर्जकी पत्नीले बताइन्, ‘तर त्यस महिलालाई छोड्ने भनेकाले मैले विवाहको स्वीकृति दिएँ । ब्ल्याकमेलको डरले जर्ज भागे । उनी आत्महत्याको सोच बनाइरहेका थिए । उनी सुरक्षित छन् र छिट्टै फर्किन्छन् भन्ने आशा छ ।’
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
गोमन सर्पले आफ्नो फणा उठाउँदा निकै भव्य देखिन्छ । आफूमाथि जोखिम आइलागेको अनुभव गरेमा गोमनले शरीरको एक तिहाइ भाग जमीनबाट मास्तिर उचाल्न सक्छ । एउटा गोमन साँप माटोको ढिस्कोमा माथिसम्म फणा उठ...
थाइल्यान्डको पटायामा एक पर्यटक बन्जी जम्प गर्ने क्रममा फोहर पानीमा जाकिएका छन् । बन्जीको डोरी चुँडिएपछि हङकङबाट आएका माइक नामक पर्यटक पानीमा चोबलिएका हुन् । पछि उनलाई उद्धार गरिएको थियो ।&nbs...
इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ । मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ । ...
अस्ट्रेलियाको मेलबोर्नमा एकजना महिलाले क्षतिग्रस्त गाडी चलाएको देख्दा ट्राफिक प्रहरीहरू छक्क परेका छन् । ह्युन्डाई पालिसेड कारमा पछाडिको शीशा, अगाडिको शीशा, बोनेट, बम्पर र फ्रन्ट फेन्डर केही पनि थिएनन् । ...
भारतको महाराष्ट्रमा रहेको जाल्नामा एक किसानले भूमिको स्वामित्व पाउने माग गर्दै आफैंलाई छातीसम्म भुइँमा गाडेका छन् । सुनिल जाधव नामक ती किसानले जमीनको स्वामित्व नपाउन्जेल अनौठो विरोध कार्यक्रम अन्त्य नगर्न...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...