मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
फागुन २५, २०७९
लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत्र ५ हुन लागेको छ ।
क्याम्पसमा विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरूले आ–आफ्नो चुनावी कार्यक्रम गर्दै आएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा कसले कुन क्याम्पसमा स्ववियु सभापतिको टिकट पाउने टुंगो लगाएका छैनन् ।
टिकटका लागि प्रायः विद्यार्थी संगठनका नेताहरू पार्टीका नेतासँग लबिङ गर्न व्यस्त देखिन्छन् । मकवानपुरमा स्ववियु निर्वाचनको संघारमा देखिएको यस्तै परिदृश्यबीच नेपाली कांग्रेस निकट नेविसंघ केन्द्रीय कमिटीले जिल्ला अध्यक्ष जिम्मेवारी भिषण ठकुरीलाई दिएपछि मकवानपुरमा हलचल नै पैदा भएको छ ।
नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारी पाएका ठकुरीलाई गत फागुन १९ गते नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जिल्ला अध्यक्षको जिम्मेवारी दिएका थिए ।
उनलाई केन्द्रले पत्र पठाउँदै भनेको छ, ‘नेपाल विद्यार्थी संघ मकवानपुरको अध्यक्ष पद रिक्त भएकाले र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम ३ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी नेपाल विद्यार्थी संघ मकवानपुर जिल्लाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ ।’
उनले जिल्ला अध्यक्षको जिम्मेवारी पाएसँगै पार्टी जिल्ला सभापति बुद्ध लामाले बुधवार नेविसंघ मकवानपुरको आधिकारिक अध्यक्ष सुवास सापकोटा भएको भन्दै पार्टी केन्द्रीय समितिमा पत्र पठाएका छन् ।
उनले पठाएको पत्रमा उल्लेख छ, ‘पत्रमा नेविसंघको साधारण सदस्य नै नभएको र नेविसंघको कुनै पनि गतिविधिमा संलग्न नरहेको व्यक्तिलाई अध्यक्ष बनाउने केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न समेत सभापति शेरबहादुर देउवासँग माग गरेको छन् ।’ पार्टी जिल्ला कमिटीको पत्रसँगै चुलिँदै गरेको नेतृत्व विवादले मकवानपुरमा थप राजनीतिक तरङ्ग ल्याएको छ ।
जिल्ला सभापतिको पत्र सँगसँगै बुधवारै पुनः नेविसंघ केन्द्रीय कमिटीले विज्ञप्ति जारी गर्दै ‘मकवानपुर जिल्लामा भिषण ठकुरीको नेतृत्वमा रहेको जिल्ला कार्यसमितिबाहेक अरु कुनै पनि कार्यसमिति अस्तित्वमा नरहेको’ बताएको छ ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा ठकुरीको नेतृत्वमा रहेको कार्यसमितिलाई नै संगठन विस्तार गरी स्ववियु निर्वाचनको तयारीमा जुट्न अनुरोध गरेको छ । जिल्ला कमिटीको विज्ञप्तिप्रति असन्तुष्टि जनाएका ठकुरीले लोकान्तरसँग भने, ‘जिल्ला समितिको पत्र हेरे त्यसमा उल्लेख गरिएका कुराहरू गलत छन् । म लामो समयदेखि नेविसंघमा आवद्ध रहेको र २०७३ सालमा ११औं केन्द्रीय महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि गएको विद्यार्थी नेता हो ।’ उनले महाधिवेशनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेको व्यक्तिलाई पार्टी जिल्ला सभापतिले साधारण सदस्य समेत नरहेको भन्नु गलत रहेको बताए ।
केन्द्रीय कमिटीले संगठनको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम ३ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्षको जिम्मेवारी दिएकाले त्यसलाई पूरा गर्न लाग्ने बताए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...