२५ असार २०८३, बिहीबार

महिला दिवसको अवसरमा योग प्रशिक्षण

फागुन २६, २०७९
महिला दिवसको अवसरमा योग प्रशिक्षण

मोरङ व्यापार संघको महिला उद्यम समितिले पतञ्जलि योग महानगर समिति, विराटनगरको सहकार्यमा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी सञ्चालन गरेको योग प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

योगाचार्य ढाकाराम सापकोटाले दैनिक जीवनलाई सन्तुलित बनाउन योग आवश्यक रहेको भन्दै सहभागीलाई प्रशिक्षित गरेका थिए ।  

अन्तर्राष्ट्रिय योग प्रशिक्षक एवं योगापीस संस्थान जयपुर, भारतका संस्थापक रहेका योगाचार्य सापकोटाले नियमित योगले जीवन स्वस्थ रहने बताए । योग प्रशिक्षण गराउने उद्देश्यले संघको महिला उद्यम समितिकी संयोजक बन्दना जैनले विशेषगरी उद्योगी व्यवसायीलाई लक्षितगरी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताइन् ।   

संघको महिला उद्यम समितिकी सचिव साधना झाले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले गरेकी थिइन् । कार्यक्रममा पतंजलि योग महानगर समितिका महासचिव राजुचन्द्र दाहालले कार्यक्रम बारे प्रकाश पारेका थिए । कार्यक्रममा संघका सचिव संजय श्रेष्ठसहित कार्यसमिति सदस्यहरु, महिला उद्यमीहरु, उद्योगी व्यवसायीहरु, समाजसेवी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्