
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा शुक्रबार सुनुवाइ हुने भएको छ । बिहीबार हेर्न नभ्याउने भएर स्थगित भएको सो रिटको पेसी आज तोकिएको छ ।
बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका थिए ।