
सशस्त्र जनयुद्धमा सहभागी माओवादी घटकका दलहरूले शान्ति प्रक्रियाका बाँकी कामबारे नागरिक समाजका अगुवाहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेका छन् । उनीहरुले द्वन्द्कालीन मुद्दा ब्युँताउन लागिएकोबारे आइतबार पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको पूर्व माओवादी घटकहरूको बैठकले फागुन ३० मा बुद्धिजीविहरूसँग छलफल गर्ने निर्णय गरेको माओवादी महासचिव देव गुरुङले जानकारी दिए । शान्ति सम्झौताको मर्म विपरीत द्वन्द्कालीन मुद्दा ब्युँताउन खोजेको भन्दै पूर्व माओवादी घटकका दलहरू एक ठाउँमा जम्मा भएका छन् ।
शुक्रबारको बैठकमा प्रधामनन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द, क्रान्तिकारी माओवादीका सीपी गजुरेललगायत सहभागी थिए ।