२४ जेठ २०८३, आइतबार

माइक्रोनेसियाका राष्ट्रपतिले लगाए चीनमाथि गम्भीर आरोप

फागुन २६, २०७९
माइक्रोनेसियाका राष्ट्रपतिले लगाए चीनमाथि गम्भीर आरोप

प्रशान्त महासागरमा रहेको मुलुक माइक्रोनेसियाका राष्ट्रपति डेभिड पानुएलोले चीनविरुद्ध गम्भीर आरोप लगाएका छन् । 

देशको संसद्लाई पठाएको पत्रमा उनले चीनविरुद्ध घुसखोरी, उत्पीडन तथा राजनीतिक युद्ध गरेको आरोप लगाएका हुन् । 

एएफपी समाचार संस्थाले प्राप्त गरेको उक्त पत्रमा पानुएलोले लेखे, ‘सरल रूपमा भन्नुपर्दा हामी देशमा राजनीतिक युद्धको सामना गरिरहेका छौं ।’ 

पत्रमा उनले चिनियाँ गुप्तचरी, सरकारी अधिकारीहरूविरुद्ध दबाब तथा आफ्नो व्यक्तिगत सुरक्षामा प्रत्यक्ष धाकधम्कीको खुलासा गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्