१४ असार २०८३, आइतबार

विप्लवसहित ४ दलीय संयुक्त मोर्चाको कार्यक्रम- महँगीविरुद्ध संघर्ष गर्ने

फागुन २६, २०७९
विप्लवसहित ४ दलीय संयुक्त मोर्चाको कार्यक्रम- महँगीविरुद्ध संघर्ष गर्ने

नेत्रपविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका विभिन्न ४ दलीय मोर्चाले संयुक्त कार्यक्रम जारी गरेका छन् ।

संयुक्त मोर्चाले विज्ञप्ति जारी गर्दै समसामयिक राजनीति, जनजीविकाका सवाल उठाउने र संघर्षका विभिन्न कार्यक्रम गर्ने जनाएका छन् । 

बैठकपछि जारी गरिएको संयुक्त कार्यक्रममा उनीहरूले नेपाली जनताको दैनिक उपभोग्य वस्तुमा भएको आकासिँदो मूल्यवृद्धिविरुद्ध संघर्ष गर्ने जनाएका छन् ।

गुणस्तर र विषादी जाँच नगरी भित्र्याइने भारतीय लगायत अखाद्य वस्तुको आयातविरुद्ध पनि संघर्ष गर्ने उनीहरूको घोषणा छ ।

अन्य संघर्षका कार्यक्रम पनि संयुक्त मोर्चाले विकास गर्ने उनीहरूले बताएका छन्। 

नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र जनक्रान्तिको वस्तुगत आवश्यकताका लागि भन्दै नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले २०७७ साल माघ १९ गते देखि संयुक्त मोर्चा घोषणा गरी देशव्यापी राजनीतिक र जनसंघर्षका कार्यक्रममा अघि बढाउँदै आएका छन् ।

मोर्चाले एमसीसी र एसपीपीविरुद्ध संघर्ष गर्ने र खारेज गराउन लाग्ने, १९५० मा भारतसँग गरिएको गोर्खा भर्ती बन्द गर्नुपर्ने, भारतले कब्जा गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नुपर्ने र भारत र अमेरिकी हस्तक्षेपविरुद्ध संघर्ष गर्नेसहित कार्यक्रम अगाडि सारेका छन् ।

उनीहरूले वैज्ञानिक जनवाद र समाजवादसम्बन्धी विभिन्न कार्यक्रम पनि अगाडि सारेका छन् । 

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्