०९ असार २०८३, मंगलबार

‘निफ’मा सिस्नुपानीले डेढ घण्टा ‘सेसन’ चलाउने

फागुन २६, २०७९
‘निफ’मा सिस्नुपानीले डेढ घण्टा ‘सेसन’ चलाउने

आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा सिस्नुपानी नेपाल पनि सहभागी हुने भएको छ ।

स्थापित हाँस्य–ब्यङ्ग्य समूह सिस्नुपानी नेपालले निफमा डेढ घण्टा लामो एउटा सेसन सञ्चालन गर्ने छ ।  

‘हाँस्य व्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ विषयक उक्त सेसनमा ‘प्यानलिष्ट’हरु चर्चित कलाकार मनोज गजुरेल, कवि लक्ष्मण गाम्नागे, निर्देशक प्रदीप भट्टराई र समीक्षक डा. विन्दु शर्मा रहेका छन् ।

त्यसैगरी यस सेसेनको मध्यस्थता गर्ने छन्, पत्रकार तथा संस्कृती विज्ञ धिरेन्द्र प्रेमर्षिले ।

सिस्नुपानीको यो सेसन आउँदो चैत ६ (२० मार्च) गते सोमबारका दिन नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुने छ ।  

३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा छनौट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुल्चोकको​ लविङ मल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा हुनेछन् । 

‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने निफका अध्यक्ष के.पी. पाठकले जानकारी दिए । 

निफको टिकट बुकिङ खुला भइसकेको छ भने ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्