३० जेठ २०८३, शनिबार

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताएकोमा ८ दलको धन्यवाद

फागुन २६, २०७९
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताएकोमा ८ दलको धन्यवाद

आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गर्ने मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमलाई धन्यवाद दिएको छ । 

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको अन्तिम बैठकले राष्ट्रपति निर्वाचनको समीक्षासहित निर्वाचन आयोगलगायत सबैलाई धन्यवाद दिने निर्णय गरिएको बैठकपछि समितिका संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार  राष्ट्रपतिमा निर्वाचित भएका थिए।

salt training

कमेन्ट गर्नुहोस्