कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हिमाल पारीको जिल्ला मुस्ताङमा च्याङ्ग्रा पश्मिनाको गुणस्तर पहिचानका लागि नेपालमै पहिलोपटक भूवाको नमूना सङ्कलन गरिने भएको छ ।
नेपाल पश्मिना उद्योग सङ्घ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहकार्यमा मुस्ताङका चारवटै पालिकामा गरी एक सय ६० किसानका आठ सय च्याङ्ग्रामा पश्मिनाका लागि आवश्यक कच्चापदार्थ भुवाको नमूना सङ्कलन गर्न लागिएको हो ।
आगामी चैत ८ गतेदेखि नमूना सङ्कलन सुरु हुने भएपछि सो अगाडि आज पोखरामा मुस्ताङका स्थानीय तहका प्रमुख तथा वडाध्यक्ष, कृषक लगायतसँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।
सो अवसरमा मुस्ताङका जनप्रतिनिधिले नमूना सङ्कलन कार्यलाई सफल बनाउन आफ्नोतर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
मुस्ताङका लोमान्थाङ, लो—घेकर दामोदर कुण्ड, बारागाउँ मुक्ति क्षेत्र र घरापजोङ गाउँपालिकाबाट च्याङ्ग्रा पश्मिनाका लागि भुवाको नमूना सङ्कलन गरी त्यसको गुणस्तर निर्धारण गरिने नेपाल पश्मिना उद्योग सङ्घका केन्द्रीय उपाध्यक्ष धनप्रसाद लामिछानेले बताए । उनका अनुसार चैत ८ देखि १३ गतेसम्म नमूना सङ्कलन कर्ताहरुलाई कागबेनी र चराङमा प्रशिक्षण दिइनेछ । त्यसैगरी चैत १४ देखि २२ गतेसम्म नमूना सङ्कलन गरिनेछ ।
उनले भने, “च्याङ्ग्रा पश्मिनाको गुणस्तर पत्ता लगाउनका लागि भूवाको लम्बाइ, मोटाइ, आनुवांशिक विशेषताका बारेमा नमूना लिएर अनुसन्धान गर्नेछौँ । त्यसबाट प्राप्त रिपोर्ट अन्तर्राष्ट्रिय बजारमा देखाउने र च्याङ्ग्रा पालक किसानले भुवाबाट गुणस्तर अनुसारको आयआर्जन वृद्धि गर्न सघाउ पुग्नेछ ।”
अमेरिकाको ओडिसा सेन्टर लिमिटेडका डा क्यारोल कर्भिङले आठ स्थानीय भूवा सङ्कलक किसानलाई भूवा सङ्कलन तालिम दिनेछन् भने एक सय ६० किसानका पाँच÷पाँच वयस्क च्याङग्रा छानी आठ सय पश्मिना भुवाको नमूना सङ्कलन गरिनेछ । पश्मिनाको गुणस्तरमापनमा सहयोग पुगोस् भनेर नमूना लिएका हरेकको निशानी लगाइने छ र सबै च्याङ्ग्रा किसानलाई सङ्ख्या र भूगोलका आधारमा नमूना लिइने बताइन्छ ।
नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय पशुप्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख निना अमात्य (गोर्खाली) ले मुस्ताङमा पहिलो पटक गरिएको नमूना सङ्कलनबाट च्याङ्ग्राको पश्मिनाको गुणस्तर पत्ता लाग्ने बताइन् ।
अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले सङ्कलित नमूनालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नापतौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइने जानकारी दिए । रासस
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...