२१ असार २०८३, आइतबार

सभामुख घिमिरे बहराइन प्रस्थान

फागुन २६, २०७९
सभामुख घिमिरे बहराइन प्रस्थान

सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी हुन आज बहराइन प्रस्थान गरेका छन् ।

यही फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मानामामा सञ्चालन हुने उक्त महासभामा सहभागी हुन सभामुख घिमिरे नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका त्यसतर्फ प्रस्थान गरेका हुन् । 

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद रमेश लेखक, हितराज पाण्डे, सन्तोष परियार, राष्ट्रियसभाका सांसद इन्दु कडरिया, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र सङ्घीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे छन् । 

महासभामा सभामुख घिमिरेले ‘प्रमोटिङ, पिसफूल को–एग्जिस्टेन्स एण्ड इनक्लुसिभ सोसाइटिज् ः फाइटिङ इनटलरेन्स’ विषयमा जेनेरल डिबेटमा सङ्घीय संसद्का तर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ । महासभा अवधिभर प्रतिनिधिमण्डलले विभिन्न बैठकमा भाग लिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्