
उपराष्ट्रपति पदमा जसपाकी प्रमिला यादवको पनि उम्मेदवारी दर्ता भएको छ।
जसपाबाट उनको उम्मेदवारीसँगै हालसम्म ३ जनाले उपराष्ट्रपति पदमा उम्मेदवारी दिइसकेका छन्।
संसद भवनको ल्होत्से हलमा जसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा नेताहरू उपराष्ट्रपतिको उम्मेदवारमा यादवको नाम दर्ता गर्न पुगेका थिए।
उम्मेदवारी दर्तापछि उनले भनिन्, 'जति पनि प्रस्तावक र समर्थक छन् उनीहरूलाई धन्यवाद दिन्छु। मलाई पूर्ण विश्वास छ मलाई उहाँहरूले मतदान गर्नुहुन्छ। पार्टीले जे निर्णय गर्छ म शिरोधार्य गर्छु।'
आफूले उपराष्ट्रपति पदमा उम्मेदवारी दिए पार्टीले आग्रह गरे फिर्ता लिने उनले संकेत गरिन्।
जसपाबाट उनीसँगै रामसहाय यादवले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दिइसकेका छन्।