×

NMB BANK
NIC ASIA

केन्द्रीय सत्ता गठबन्धनकै स्वरूपमा स्ववियु चुनावः कुन कुन संगठनले कहाँ पाए सभापति ?

फागुन २७, २०७९

NTC
Premier Steels

केन्द्रीय सत्ता समीकरणकै आधारमा स्ववियु चुनावमा पनि कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका विद्यार्थी संगठनबीच भागबन्डा भएको छ ।

Muktinath Bank

उपत्यकाका विभिन्न क्याम्पसको सभापतिका लागि कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारी र नेकपा एस निकटको अनेरास्ववियूले भागबन्डा गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेविसंघका एक नेताका अनुसार भागबन्डामा नेविसंघले १५, क्रान्तिकारीले १० र नेकपा एस निकटको अनेरास्ववियूले उपत्यकाका ३ वटा क्याम्पसमा सभापति पाएका छन् । 


Advertisment
Nabil box
Kumari

सहमतिमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र एस निकटका अनेरास्ववियूका सुदेश पराजुलीले हस्ताक्षर गरेका छन् ।

Vianet communication

तर सबैभन्दा बढी क्याम्पस पाएको नेविसंघमा भने समान मत छैन । डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलानिकट संस्थापनसँग असन्तुष्ट छन् ।

नेविसंघले अध्यष दुजाङ शेर्पा, प्रेमिका राना र सिर्जना सुब्बालाई टिकट वितरणको जिम्मा दिएको छ ।

कुन संगठनले पाए उपत्यकाका ठूला क्याम्पस ?

नेविसंघले पाएका क्याम्पस 

त्रिचन्द्र, शंकरदेव, पद्दमकन्या, मीनभवन, पशुपति, पाटन, आयुर्वेद क्याम्पस, जन प्रशासन, सरस्वती, ग्रामीण आदर्श, आई ओ एम महाराजगंज, टिचिङ नर्सिङ,  कोटेश्वर,भक्तपुर बहुमुखी, शिक्षा क्याम्पस र केआईसी कालिमाटी (थली)

अखिल क्रान्तिकारी 

नेपाल ल, पब्लिक युथ, विश्वभाषा, सानोठीमी, थापाथली, पुल्चोक, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ 

नेकपा एस अनेरास्ववियू 

आर आर , महेन्द्र रत्न, र बानेश्वर क्याम्पस

स्ववियु चुनाव यही चैत ५ गते हुँदै छ। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x