१६ असार २०८३, मंगलबार

केन्द्रीय सत्ता गठबन्धनकै स्वरूपमा स्ववियु चुनावः कुन कुन संगठनले कहाँ पाए सभापति ?

फागुन २७, २०७९
केन्द्रीय सत्ता गठबन्धनकै स्वरूपमा स्ववियु चुनावः कुन कुन संगठनले कहाँ पाए सभापति ?

केन्द्रीय सत्ता समीकरणकै आधारमा स्ववियु चुनावमा पनि कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका विद्यार्थी संगठनबीच भागबन्डा भएको छ ।

उपत्यकाका विभिन्न क्याम्पसको सभापतिका लागि कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारी र नेकपा एस निकटको अनेरास्ववियूले भागबन्डा गरेका हुन् । 

नेविसंघका एक नेताका अनुसार भागबन्डामा नेविसंघले १५, क्रान्तिकारीले १० र नेकपा एस निकटको अनेरास्ववियूले उपत्यकाका ३ वटा क्याम्पसमा सभापति पाएका छन् । 

सहमतिमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र एस निकटका अनेरास्ववियूका सुदेश पराजुलीले हस्ताक्षर गरेका छन् ।

तर सबैभन्दा बढी क्याम्पस पाएको नेविसंघमा भने समान मत छैन । डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलानिकट संस्थापनसँग असन्तुष्ट छन् ।

नेविसंघले अध्यष दुजाङ शेर्पा, प्रेमिका राना र सिर्जना सुब्बालाई टिकट वितरणको जिम्मा दिएको छ ।

कुन संगठनले पाए उपत्यकाका ठूला क्याम्पस ?

नेविसंघले पाएका क्याम्पस 

त्रिचन्द्र, शंकरदेव, पद्दमकन्या, मीनभवन, पशुपति, पाटन, आयुर्वेद क्याम्पस, जन प्रशासन, सरस्वती, ग्रामीण आदर्श, आई ओ एम महाराजगंज, टिचिङ नर्सिङ,  कोटेश्वर,भक्तपुर बहुमुखी, शिक्षा क्याम्पस र केआईसी कालिमाटी (थली)

अखिल क्रान्तिकारी 

नेपाल ल, पब्लिक युथ, विश्वभाषा, सानोठीमी, थापाथली, पुल्चोक, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ 

नेकपा एस अनेरास्ववियू 

आर आर , महेन्द्र रत्न, र बानेश्वर क्याम्पस

स्ववियु चुनाव यही चैत ५ गते हुँदै छ। 
 

salt training

कमेन्ट गर्नुहोस्