चैत ६, २०७९
१० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै ३ दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी ...
पाल्पाको तानसेनस्थित धवल पुस्तकालय प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा. शंकरप्रसाद गैरेलाई अर्पण गरिएको छ ।
पुरस्कारको राशी नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ ।
सांसद ठाकुरप्रसाद गैरे, पुस्तकालयका अध्यक्ष युवराज पौडेल, महासचिव राजेशकुमार अर्याल लगायतले शनिवार आयोजित कार्यक्रममा संयुक्त रूपमा साहित्यकारद्वयलाई पुरस्कार प्रदान गरे । सो अवसरमा पुस्तकालयको उन्ननयमा अतुलनीय योगदान दिएका शिक्षाविद् बुद्धिप्रसाद शर्मा र पुस्तकालयमा कार्यरत द्वारिकाप्रसाद शर्मालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
कार्यक्रममा सांसद गैरेले धवल पुस्तकालय नेपालकै पुरानै पुस्तकालय भएकाले युग सुहाउँदो रूपमा आधुनिकीकरण गर्दै पूर्णरूपमा ‘डिजिटल’ पुस्कालय निर्माण गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । सो पुस्तकालयले विक्रम संवत् २०७७ सालदेखि ती पुरस्कार प्रदान गर्न शुरूआत गरेको थियो ।
सो वर्ष दीर्घसाधना पुरस्कारबाट साहित्यकार नीलकण्ठ न्यौपाने र सिर्जना पुरस्कारबाट निर्मलप्रसाद श्रेष्ठलाई प्रदान गरिएको थियो ।
१० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै ३ दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी ...
विगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौं लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो । कोरोना...
पूर्व दिशा फुर्रर खुल्नासाथ काल्चौरा (कालो चरा बिहानै कराउँछ) चिरचिर गर्यो । ‘ओई काले उठ् आज डाँडा कटाउनै पर्छ गोठ । सकेसम्म पुछार भेडिखर्कको खानीमा पुर्याउनुपर्छ । त्यहाँ खनेल (खानी खन्ने) मध्ये...
वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिनेभएको छ । काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखनगरी नेपाली कविता तथा ...
प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख ५० हजार रुपै...
कवि श्यामबहादुर भावुकद्वारा रचित ‘फेरि जन्मन्छन् जन्मदैनन्’ काव्यकृतिको लोकार्पण गरिएको छ। दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक एवम् प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा स...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...