×

Dabur

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ । पूरा कथाले, किंवदन्तीले, अग्रजहरूका कृत्यले, उनीहरूकै आलोकले पनि तपाईंको बाटो उज्यालो हुन्छ ।

yONNEX
Sagarmatha Cement

भी.एस.नयपाल, साहित्यतर्फको नोबेल पुरस्कार विजेता


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय मूलका अंग्रेजी साहित्यकार नयपाल बेलायतका मुर्धन्य विद्वान हुन् । उनको भनाइले पूर्वीय सभ्यतातर्फ नै इंगित गरेको छ । यसबाट हाम्रा पूर्वजहरूले छाडेका ज्ञानका सम्पदाहरू कति महान् छन् भन्ने कुरा छर्लङ्ग हुन्छ । तसर्थ आज हामी हाम्रो सभ्यता र केही प्रतिनिधि पात्रहरूको त्याग र बलिदान साथै वर्तमानको राजनीतिका बारेमा थोरै चर्चा गरौं ।


Advertisment

महानतम् पौराणिक शास्त्रहरू ज्ञान र चेतनाका पुञ्ज तथा मुहान हुन् । हुन त निरन्तरको खोज, प्रयोग, अनुभव र चिन्तन नै ज्ञान एवं शिक्षाका आधिकारिक स्रोत हुन् । यसमा पूर्वीय दर्शन निकै उन्नत र अगाडि छ । वर्तमान युगले हासिल गरेको उन्नति र उपलब्धिको आधारशीला नै हाम्रा पूर्वजहरूले छाडेर गएको शिक्षा, खोज र निरन्तरको साधना हो । ठूल्ठूला पश्चिमा विद्वानहरू आधुनिक ज्ञान र विज्ञानको आधार नै पूर्वीय चिन्तन, दर्शन र सभ्यता हो भनेर स्विकार गर्दछन् । दक्षिण एसिया, पूर्वी एसिया र दक्षिण पूर्वी एसिया पूर्वीय सभ्यताको केन्द्र हो । यसमा चिनियाँ र भारतीय संस्कृतिको अधिक प्रभाव रहेको छ ।

Vianet communication
Laxmi Bank

विश्वविख्यात महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन भन्छन्, हामी पूर्वीय सभ्यताप्रति चीर ऋणी छौं किनकि उनीहरूले हामीलाई गणित सिकाए, त्यसको अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार सम्भव थिएन ।

पूर्वीय सभ्यताले गणित मात्र होइन, बाँकी संसारलाई धेरै थोक दिएको छ । सिकाएको छ । पथप्रदर्शन गरेको छ, जसमाथि अहिलको आधुनिक सभ्यता उभिएको छ । अडिएको छ । यसबाट पश्चिमाहरूले धेरै ठूलो लाभ लिएका छन् । यो प्राचीन ग्रिसेली सभ्यताभन्दा धेरै अगाडि छ । टीएस इलियट भन्छन्, पूर्वीय दार्शनिकको तुलनामा पश्चिमा दार्शनिकहरू अभ्यासिक विद्यार्थीजस्ता लाग्छन् ।

यसबाट स्पष्ट हुन्छ कि पूर्वीय दर्शनसँग कसैको तुलना हुन सक्तैन । यस विषयमा नेपाली मूलका भारतीय विद्वान सलिल ज्ञवालीले विश्वविख्यात विद्वानहरूका विचार र दृष्टिकोणको गहन संकलन गरेका छन्, जसको सुन्दर अनुवाद प्रा.डा. गोविन्द भट्टराईले गरेका छन् । जसले पूर्वीय सभ्यताका अनुयायी र हकदारलाई सदैव गौरवान्वित तथा आलोकित गरिरहेको छ ।

माथिको प्रसंग किन उद्धृत गरियो भने आजको चर्चाका पात्रहरू पूर्वीय सभ्यताका त्यस्ता महानतम् पात्रहरू हुन् जसको इतिहास मानव सभ्यता रहेसम्म अमर रहने छ । अब लेखको मूल विषयतर्फ लागौं । देवव्रत महाभारतका केन्द्रीय पात्र हुन् । उनी हस्तिनापुरका राजा शान्तनु र गंगाका पुत्र हुन् र लडाइँमा कौरव पक्षका प्रधान सेनापति हुन् । यसभन्दा बढी उनी कसरी प्रख्यात भए, मूल प्रश्न फरक छ र यथार्थ प्रस्ट छ । उनको शास्त्र ज्ञान, युद्ध कौशल र धनुर्विद्या अतुलनीय थियो, जसको कसैले पनि हम्मेसी सामना गर्न सक्तैनथ्यो । यसको छुट्टै चर्चा आवश्यक छ । महाराज शान्तनुले गंगालाई दिएको वचन तोडेपछि उनी राजालाई छाडेर गइन् ।

तत्पश्चात राजा सत्यवतीतर्फ आकर्षित भए । सत्यवती दाशराजको पुत्री थिइन्, तर उनी माछाको पेटबाट पैदा भएकी थिइन् । ऋषि पराशर र उनका पुत्रका रूपमा कृष्ण द्वैपायन अर्थात् वेदव्यासको जन्म भएको थियो। उनैं पराशरको वरदानले उनी मत्स्यगन्धाबाट अपूर्व सुन्दरी सत्यवती भएकी थिइन। राजा शान्तनु सत्यवतीप्रति मोहित भएको थाहा पाएका छोरा देवव्रतले आफ्ना पिताका लागि दाशराजसँग सत्यवती माग्दा उनले केही शर्त राखेका थिए। देवव्रतले दाशराजका सबै शर्त मानेर आफू हस्तिनापुरको कहिल्यै राजा नबन्ने र जीवनभर बिहे पनि नगर्ने प्रतिज्ञा गरि सत्यवती आफ्ना पितालाई सुम्पेका थिए। यसैलाई भिष्म प्रतिज्ञा भनिन्छ। पछिआफ्ना भाईहरू बिचित्रविर्य र चित्राङ्गदको मृत्यु पश्चात् पनि माता सत्यवतीको राजा बनेर हस्तिनापुर सम्हाल्ने आग्रहलाई अस्विकार गरे जसका कारण देवव्रत महान् कालजयी पात्र भीष्म बने ।

यहाँ यो प्रसंग ल्याइनुका पछाडि नेपाली जनताको त्याग र बलिदान, जसका कारण लोकतान्त्रिक प्रणालीको स्थापना भयो र राजनीतिक दलहरूले राज्यसञ्चालनको अवसर प्राप्त गरे। प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री लगायतका बिभिन्न ओहोदा प्राप्त गरे। साथै नेपाली कांग्रेसको आन्तरिक राजनीति र पार्टीका साथीहरूले गरेको त्याग नै मुख्य कारणको रूपमा रहेको छ, जसरी युवराज देवव्रतले हस्तिनापुरको सुरक्षित भविष्यलाई दृष्टिगत गर्दै आफ्ना पिताको चाहना पूरा गर्न सबैथोक परित्याग गरे, त्यसरी नै नेपाली कांग्रेसका साथीहरूले लोकतन्त्र र कांग्रेस पार्टीका निम्ति आफ्नो सर्वस्व परित्याग गरेका छन् । महाभारतले कम्तिमा पनि महान् त्यागी देवव्रतका निम्ति सम्मानको उच्चासन खडा त गर्‍यो तर सम्पूर्ण जीवन दिएका साथीहरूका निम्ति कांग्रेसले के गर्‍यो ? आज गम्भीर प्रश्न हाम्रो अगाडि छ । बारम्बार भएका आन्दोलनमा उल्लेखनीय भूमिका निभाएका साथीहरू चरम उपेक्षित छन् ।

नेपाली जनताले आफ्नो सर्वस्व सुम्पेर पनि राजनीतिक दलहरूलाई साथ दिएका छन्, बारम्बार समर्थन गरेका छन् । कांग्रेस कार्यकर्ताहरूले आफ्ना चाहना, आवश्यकता र महात्त्वाकांक्षाको बलि चढाएर, जीवन बलिदान गरेर नेताको आसन खडा गरिदिएका छन् । देश, जनता र लोकतन्त्रको भलाई एवं दीर्घ जीवनका लागि नेतृत्वले काम गरोस् भन्ने चाहेका छन् ।

पार्टीका नेताहरू आफ्नो स्वार्थभन्दा माथि उठ्न सकेका छैनन्, किन ? पार्टीले बारम्बार सत्तारोहण गर्छ, तर साथीहरू सदैव तिरस्कृत रहन्छन्, किन ? के प्रजातन्त्र या लोकतन्त्र सीमित नेताहरूको बलमा मात्र आएको हो ? के यहाँका राजनीतिक परिवर्तनमा नेपाली जनताको कुनै योगदान छैन ? देवव्रतले त्याग नगरेको भए हस्तिनापुरको प्रतिष्ठा जोगिन्थ्यो ? बीपीले भन्नु भएजस्तो लोकतन्त्रको मन्दिररूपी जगमा गडेका पत्थरहरूलाई बेवास्ता गरेर मन्दिर सुरक्षित रहन सक्ला ? यस विषयमा नयाँ शिराबाट नसोच्ने र काम नगर्ने हो भने समयक्रममा पार्टी असान्दर्भिक हुनेछ । त्यति मात्र होइन, देश र जनताले असाध्यै दुःख पाउने छन् । नयाँ पुस्ताले देश छाड्ने क्रम तीव्र हुनेछ । शक्तिशाली राष्ट्रहरूको थिचोमिचोलाई प्रतिवाद गर्ने जनशक्तिको अभाव हुनेछ र अन्ततः नेपाल विश्व मानचित्रबाट लुप्त हुनेछ ।

महाभारतका अर्का पात्र हुन्, बर्बरिक । भीमका नाति र घटोत्कच एवं नागकन्या मौरवीका छोरा । भगवान शिवको उपासनाबाट तीन वण प्राप्त गरेका उनी श्रेष्ठ योद्धा थिए । कृष्णद्वारा सोधिएको प्रश्नको जवाफमा उनले केहीबेरमै महाभारतको युद्ध सिध्याइदिने भनेका थिए । जबकि अर्जुनले २८दिन, द्रोणाचार्यले २५ दिन, कर्णले २४ दिन र भीष्मले २० दिन लाग्ने बताएका थिए । हरेक कमजोर र असहायलाई सहायता गर्ने उनको सिद्धान्त थियो । यसले कृष्णको मनमा शंसय पैदा गर्‍यो र उनले बर्बरिकको परिक्षा लिए । परिणाम संशय गरेअनुरूप नै निस्कियो । त्यसैले कृष्णले आफू उसको गुरु पनि भएकाले गुरुदक्षिणा स्वरूप बर्बरिकको शिर मागे । विना हिच्किचाहट उनले आफ्नो टाउको दान गरे बदलामा उनको इच्छाअनुसार महाभारतको युद्ध हेर्ने व्यवस्था मिलाइदिए ।

देवव्रतले आफू र आफ्ना सन्तान निरन्तर राजा हुने प्रतिष्ठा र ऐश्वर्यको सर्वोच्च एवं दुर्लभ स्थान छाडेर महान् त्याग गरे । आफू जीवनभर हस्तिनापुर राज्यको संरक्षक बने ।

यति ठूलो त्याग सामान्यतया कसैले पनि गर्दैन । उनले राजवंश र कुल परम्पराको हित गर्न अन्तिमसम्म भरमग्दुर प्रयत्न गरे । आफ्नो सुख, वैभव र प्रतिष्ठालाई तिलाञ्जली दिए ।

बर्बरिक हस्तिनापुरका सर्वश्रेष्ठ योद्धा हुँदाहुदै महाभारतको लडाइँ त्यागिदिए । यदि उनले कसैको कुरा नसुनिकन युद्ध लडेको भए हस्तिनापुरको राजा हुनसक्थे । कालान्तरसम्म उनका सन्तानहरू त्यहाँको राजगद्दीमा बस्थे । महाभारतको इतिहास नै फरक लेखिन्थ्यो । तर उनले कृष्णको कुरा मानेर आफ्नो जीवन दान दिए । यही महान् त्यागको कारण आज पनि उनी अमर र पूजनीय छन् ।

यस्तो महान् सभ्यताका अनुयायी हामी आज यति स्वार्थी किन भएका ? शायद पश्चिमाहरू हाम्रो वर्तमान चरित्र देखेर छक्क पर्दा हुन् । देशका खातिर हाम्रा पुर्खाहरूले धेरै ठूलो बलिदान र त्याग गरेका छन् । राजनीतिकै कुरा गर्दा बारम्बारका संघर्षमा जनताको ठूलो साथ छ ।

दलभित्रको कुरा गर्दा कांग्रेसका कार्यकर्ताले अतुलनीय त्याग गरेका छन् । अरू दलमा पनि यस्तो अवस्था छ, तर मुलुक चलाउने राजनीतिज्ञहरूले कहिल्यै जनता र कार्यकर्ताको मनोभावना बुझेको देखिएन ।

नेपाली जनताले आफ्नो सर्वस्व सुम्पेर पनि राजनीतिक दलहरूलाई साथ दिएका छन्, बारम्बार समर्थन गरेका छन् । कांग्रेस कार्यकर्ताहरूले आफ्ना चाहना, आवश्यकता र महात्त्वाकांक्षाको बलि चढाएर, जीवन बलिदान गरेर नेताको आसन खडा गरिदिएका छन् । देश, जनता र लोकतन्त्रको भलाई एवं दीर्घ जीवनका लागि नेतृत्वले काम गरोस् भन्ने चाहेका छन् । आफूले जे चाह्यो त्यही गर्न सक्ने सामर्थ्य भएका जनताले आफ्ना निजी सपनालाई तिलाञ्जली दिएर दल र नेताको सपना र इच्छा पूरा गरिदिएका छन् ।

उही कार्यशैली र उपयोगबाट परीक्षण भैसकेको दक्षताले अपेक्षित, तार्किक र गुणात्मक परिणाम प्राप्त हुन सक्तैन । आजसम्म देश उँभो नलाग्नुमा नेपाली जनताको कुनै दोष छैन । दोष एउटै छ कि उनीहरू असाध्यै सहन्छन् र बारम्बार माफी दिन्छन् । के अब पनि हाम्रो कार्यशैलीमा बदलाव नगर्ने त ? संसदीय निर्वाचनले सरकार बनाइसकेको र राष्ट्रपति समेत छानिइसकेको वर्तमान परिप्रेक्ष्यमा राज्यले उन्नतिको गति समात्नुपर्छ भन्ने माग सर्वत्र छ । बनेका सरकारहरूका आन्तरिक राजनीतिक व्यवस्थापन खल्बलिएकाले त्यसको पुनर्व्यवस्थापन गरी अघि बढ्नु अहिलेको आवश्यकता हो ।

यस्तो घडीमा निर्दोष जनताको भावना र चाहना तथा राष्ट्रिय आवश्यकतालाई दृष्टिगत गरी देशलाई द्रुतगतिमा हिँडाउनु हामी सबैको जिम्मेवारी हो, किनभने भी.एस. नयपालले भनेजस्तो हामी महान् भूमि र सभ्यताबाट आलोकित छौं, जसलाई पौरख र परिणामले सार्थक बनाउनु परेको छ । देशलाई दुर्घटनाको डिलबाट मूलबाटोमा फर्काउनु आजको आवश्यकता हो ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असार २१, २०८०

कोभिड महामारी र रूस–युक्रेन युद्धका कारण अर्थतन्त्र थिलोथिलो थियो । २०७९ को चुनावले अप्रत्यासित नतिजा दिएको थियो, जसले संसद्को चरित्र त्रिशंकु बनाइदियो । नागरिकमा त्रास व्याप्त थियो– कतै सरकार गठन न...

कात्तिक १५, २०८०

नेपाल वैदिककालदेखि नै ज्ञान, सीप, कला/कौशल र सृजनाको केन्द्र रहिआएको स्थान हो। मानव सभ्यताको विकासक्रममा यहाँका विभिन्न रैथाने जाति र समुदायले विभिन्न किसिमका सीप, कला/कौशलको विकास तथा मानव संस्कृतिको निर्मा...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x