०७ साउन २०८३, बिहीबार

एकैदिनमा रुसका हजार सैनिक मारेको युक्रेनको दाबी

फागुन २९, २०७९
एकैदिनमा रुसका हजार सैनिक मारेको युक्रेनको दाबी

शनिवार २४ घन्टाभित्र रुसका १ हजार ९० सैनिकहरूको मृत्यु भएको युक्रेनी सेनाले दाबी गरेको छ । 

बाखमुतमा भइरहेको भीषण लडाइँमा रुस र युक्रेन दुवै पक्षका सैनिकहरू ठूलो संख्यामा हताहत भइरहेका छन् । 

रुसीहरूले आठवटा ट्यांक, सातवटा सशस्त्र वाहन, चारवटा आर्टिलरी गन तथा चारवटा हवाई प्रतिरक्षा प्रणाली समेत गुमाएको युक्रेनीहरू दाबी गर्छन् । 

यसैबीच डोनेत्स्कको भुहलेदारमा रुसले थर्माइट रेन नामक घातक बम प्रहार गरेको बताइएको छ । आवासीय क्षेत्रमा उक्त बम प्रहार गरी रुसले युद्धअपराध गरेको आरोप युक्रेनीहरूले लगाएका छन् । 

थर्माइट आलुमिनियम र आइरन अक्साइड जस्ता धातुबाट बन्छ र यसलाई विस्फोटक पदार्थका रूपमा उपयोग गर्न मिल्छ । 

यसको विस्फोटबाट भयंकर आगो लाग्छ र त्यसलाई निभाउन निकै गाह्रो हुन्छ । 

यो निकै नै तातो हुन्छ र यसले सैन्य उपकरणलाई नष्ट गर्नुका साथै छाला समेत डढाइदिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्