०४ असार २०८३, बिहीबार

दुर्लभ विश्व कीर्तिमान बनाउन २ विकेटले मात्रै टाढा छन् सन्दीप

फागुन २९, २०७९
दुर्लभ विश्व कीर्तिमान बनाउन २ विकेटले मात्रै टाढा छन् सन्दीप

नेपालका लेग स्पीनर सन्दीप लामिछाने एक दिवसीय क्रिकेटमा विश्व कीर्तिमानको नजिक पुगेका छन् । सोमबार पपुवा न्युगिनीविरुद्ध १० ओभरमा २५ रन खर्चेर ५ विकेट लिएका सन्दीप छिटो १ सय विकेट लिने खेलाडीको विश्वकीर्तिमान नजिक पुगेका हुन् । 

सन्दीपले ३८ खेलबाट ९८ विकेट लिइसकेका छन् । अब आईसिसी विश्वकप लिग २ अन्तर्गत बिहीबार यूएईविरुद्ध हुने खेलमा २ विकेट लिए सन्दीपले छिटो १ सय विकेट लिने खेलाडीको पहिलो नम्बरमा आफ्नो नाम लेखाउनेछन् । जुन विश्वकीर्तिमान हुनेछ ।  यस अघि ४४ खेलबाट अफगानिस्तानका राशिद खानले १ सय विकेट लिंदै यो रेकर्ड आफ्नो नाममा लेखाएका छन् । ​

अष्ट्रेलियाका माइकल स्ट्राक ५२ खेलमा १ सय विकेट पूरा गर्नेमा दोस्रोमा छन् । उनले २०१६ मा श्रीलंकाविरुद्ध रेकर्ड बनाएका थिए । तर राशिदले वेस्ट इण्डिजविरुद्ध २०१८ मा जिम्बावेको हरारेमा स्ट्राकको रेडर्क तोड्दै कीर्तिमान आफ्ना नाममा लेखाएका थिए । 

अब नेपालका लामिछाने राशिदको यो रेकर्ड तोड्न केही कदममात्रै टाढा छन् । ६ खेलबाट २ विकेट लिएमात्रै पनि सन्दीपले राशिदको यो रेकर्डसँग बराबरी गर्न सक्नेछन् । तर सन्दीप एकदिवसीयका पछिल्ला खेलमा निरन्तर विकेट लिइरहेका छन् । यसैले उनले अबको एक वा दुई खेलबाट राशिदको कीर्तिमान भंग गर्न सक्नेछन् । 

छिटो ५० विकेट लिनेमा पनि सन्दीप दोस्रो

सन्दीप एकदिवसीयमा  छिटो ५० विकेट लिने दोस्रो खेलाडी पनि हुन् । २०२२ मा पपुवा न्यगिनीविरुद्ध २२ खेलमा सन्दीपले ५० विकेट पूरा गरेका थिए । सन्दीप अगाडि श्रीलंकाका अथन्था मेन्डिसको नाममा यो कीर्तिमान छ । उनले २००९ मा मिरपुरमा जिम्बावेविरुद्ध १९ खेलमा ५० विकेट लिएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्