भारतको कर्नाटकमा केही महिनापछि विधानसभा निर्वाचन हुन लागेको छ ।
त्यसअघि अहिले प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यको भ्रमण गरेका छन् ।
आइतवार उनले १० लेनको बेंगलुरु–मैसूर एक्सप्रेसवे तथा धारवाडमा आईआईटी परिसरको उद्घाटन गरे । उनले अन्य परियोजनाको शिलान्यास पनि गरेका थिए ।
कार्यक्रमकै क्रममा गेज्जालगेरे नामक स्थानमा पुगेका मोदीले विशेष भावका साथ एक महिला कार्यकर्ताको गोडा छोएका थिए ।
उनको स्वागतका लागि मञ्चमा भाजपाका नेताहरू पंक्तिबद्ध भएर उभिएका थिए । त्यसक्रममा एक महिला नेताले उनको गोडा छुने कोशिश गर्दा मोदी पनि ती महिलाको गोडा छुन झुके ।
त्यस्तै धारवाडमा आईआईटी परिसरको उद्घाटनका क्रममा विश्व हिन्दू परिषद्का चेतन राव भावुक भई मोदीको गोडा छुन खोज्दै थिए । अनि मोदी पनि रावको चरण छुनका लागि झुके ।
मोदीको यो शिष्टताको चौतर्फी प्रशंसा भइरहेको छ ।